देउखुरीको सिसहनियाँ उबासंघद्धारा आज देखि कर शिविर शुरु, साउनकाे ६ गते सम्म शिविर चल्ने
देउखुरी ४ साउन । दाङ–देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघले आज देखि कर शिविर शुरु गरेको छ । संघमा दर्ता भएका उद्योगी तथा व्यापारीहरुलाई कर तिर्न सहज होस् भन्दै संघले आफ्नै कार्यालयमा कर शिविर शुरु गरेको हो ।
आर्थिक बर्ष २०८१/०८२ को कर बुझाउन, संघको सदस्यता नबिकरण गर्ने र नयाँ व्यवसाय दर्ता गर्ने सम्मको काम एकै थलोमा गर्ने गरी कर शिविर सञ्चालन गरिएको संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।
सिसहनियाँ उद्योग बाणिज्य संघको अगुवाईमा शुरु भएको कर शिविरमा आन्तरिक राजश्व कार्यालय तुलसीपुर र राप्ती गाउँपालिकाको व्यवसाय नबिकरण गर्ने गरी शिबिर शुरु गरिएको संघका अध्यक्ष अधिकारीले बताए ।
शिविरमा संघको सदस्यता नबिकरण, नयाँ व्यवसाय दर्ता गर्ने, आन्तरिक राजश्व कार्यालयको कर नबिकरण गर्ने बताईएको छ । त्यस्तै शिविरमा राप्ती गाउँपालिकामा दर्ता भएका व्यवसाय नबिकरण गर्ने र नयाँ व्यवसाय दर्ता गर्ने सम्मको काम शिविरमा भइरहेको संघका बरिष्ठ उपाध्यक्ष मदन पोख्रेलले जानकारी दिए ।
आज आइतबार पहिलो दिनको कर शिबिरमा उद्योग बाणिज्य संघ तर्फ १ सय ८ वटा व्यवसाय नबिरकण र १५ वटा नयाँ व्यवसाय दर्ता भएको संघका कोषाध्यक्ष गिरबहादुर ज्ञवालीले जानकारी दिए । त्यस्तै आन्तरिक राजश्व कार्यालय तर्फ अन्तर शुल्क सहितको ९१ जना व्यवसायले व्यवसाय नबिकरण गरेको संघका कोषाध्यक्ष ज्ञवालीले बताए ।
त्यस्तै शिबिरमा राप्ती गाउँपालिका तर्फ ८८ वटा नबिकरण र २ वटा नयाँ व्यवसाय दर्ता भएको राप्ती गाउँपालिकाका सहायक पशुविकास अधिकृत तथा पालिकाको तर्फबाट शिबिर प्रमुख शेरबहादुर हमाल रिजालले जानकारी दिए । शिबिर साउनको ५ र ६ गते सम्म सञ्चालन हुने संघले जनाएको छ ।
साथै कर शिविरमा संघमा दर्ता भएका सम्पूर्ण उद्योगी, व्यापारीहरूलाई उक्त सेवा लिन संघले सबैमा अनुरोध समेत गरेको छ । साथै संघ र सरकारलाई कर तिरेर असल नागरिकको परिचय दिन समेत अनुरोध गरिएको छ ।
पहिलो दिनको कर शिविरमा राप्ती गाउँपालिकाका सहायक पशुविकास अधिकृत तथा पालिकाको तर्फबाट शिबिर प्रमुख शेरबहादुर हमाल रिजाल, अ.स.ई. सबइन्जिनियर बिमला भट्टराई, सहायक कप्युटर अपरेटर सुनिता बस्नेत र कार्यालय सहयोगी झबिलाल सुवेदी रहेका थिए ।
त्यस्तै शिबिरमा संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारी सहित बरिष्ठ उपाध्यक्ष मदन पोख्रेल, उद्योग उपाध्यक्ष भागवत ज्ञवाली, कोषध्यक्ष गिरबहादुर ज्ञवाली, सचिव रामलाल पाण्डे, सदस्यहरु कल्पना बेल्बासे, जीवन अधिकारी, मनोजकुमार चौधरी, शान्ता सुवेदी, नारायण चौधरी र कार्यालय सचिव पुष्कर पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।





