आईडाेलोजी र टेक्नोलोजीको संयोजनबाट प्रदेश सभालाई प्रभावकारी बनाउछौं : सभामुख घर्ती



आईडाेलोजी र टेक्नोलोजीको संयोजनबाट प्रदेश सभालाई प्रभावकारी बनाउछौं : सभामुख घर्ती

बुटवल ४ साउन । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रबिधिको प्रयोग गरि प्रदेश सभालाई प्रभावकारी बनाउन लागिएको बताएका छन् । संयुक्त रास्ट्रसंघीय बिकास कार्यक्रम संसद सहयोग परियोजनाको आयोजना तथा संचारिका समुह लुम्बिनीको सह आयोजनामा आज बुटवलमा भएको लुम्बिनी प्रदेश सभाका माननीय सदस्यहरुको प्रभावकारी भुमिकाका लागि कृत्रिम बौद्धिकता (AI) को उपयोगिता सम्बन्धमा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै
उनले यस्ताे बताएका हुन् ।

सभामुख घर्तीले सभाका कार्यलाई जनताको पहुँचमा पुर्याउन प्रबिधिको प्रयोगलाई जोड दिईएको बताउदै उहाँले सभाका सदस्यहरुलाई पनि प्रबिधिमा पोख्त बनाउन लागिएको बताए । उनले भने – माननीयहरुलाई आईडाेलोजी संगै टेक्नोलोजीमा जोड्नु पर्ने छ । यो अभिमुखीकरणले सहयोग पुग्ने नै छ ।” सभामुख  घर्तीले मुख्य कुरा बिचारधारा भए पनि प्रबिधिलाई जोडन सकेको खण्डमा त्यो प्रभावकारी बन्ने बताए ।” हामीले आईडाेलोजीलाई अहिले सम्म प्राथमिकता दियौं , यो प्रमुख कुरा हो ,आईडाेलोजी बिना शासन ब्यवस्था राम्रो बनाउन सकिदैन ।” उनेले भने ।

“टेक्नोलोजीलाई जोड्दा अझै प्रभावकारी बनाउन सकिन्छ। उहाँले उच्चतम बिचार धारा र प्रबिधिको संयोजनबाट प्रदेश सभालाई प्रभावकारी बनाउने बताए । अभिमुखीकरण कार्यक्रममा उप-सभामुख मेनुका खाड केसी सहित प्रदेश सभाका सदस्यहरुको सहभागीता रहेको संचारिका समुह लुम्बिनीको अध्यक्ष अमृता अनमोलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे