दाङकाे गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई : विकास र खर्चको प्रतिवेदन सार्वजनिक



दाङकाे गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई : विकास र खर्चको प्रतिवेदन सार्वजनिक

गढवा ३२ असार । दाङ-देउखुरीको गढवा गाउँपालिकाको सावैजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा बुधबार सम्पन्न भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ श्रावणदेखि असार महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौड्यालले पालिकाले आर्थिक वर्ष २०८१/०८२ वित्तीय प्रगति (आम्दानी) प्रस्तुत गर्दै प्रदेश सरकार अनुदान रकमको ७१.0२प्रतिशत, समानीकरण तर्फ १०० प्रतिशत, ससर्त चालु अनुदान ५६.६७ प्रतिशत, ससर्त पुँजीगत अनुदान ५७.८६ प्रतिशत विशेष अनुदान ६३.८ प्रतिशत सम्पुरक अनुदान ६१.५७ प्रतिशत प्रगति भएको प्रस्तुत गरेका थिए । त्यसैगरी वित्तीय प्रगति खर्चको चालु तर्फ ९०.६७ प्रतिशत पुँजीगततर्फ ७५.८७ प्रतिशत जम्मा ८४.३१ प्रतिशत खर्च भएको समष्टिगत रुपमा पालिकाको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी खर्चतर्फ आर्थिक विकासतर्फ ८८.४५ प्रतिशत, कृषितर्फ ९०.७८प्रतिशत, उद्योगतर्फ ६४.७६ प्रतिशत पर्यटनतर्फ ९६.९४ प्रतिशत सहकारी ६३.६५ प्रतिशत जलस्रोत तथा सिचाईमा ८८.५८ प्रतिशत वन वातावरणमा ९७.५४ प्रतिशत पशुपन्छी विकास शाखा तर्फ ८६.५६ प्रतिशत भएको प्रस्तुत गरेका थिए।

त्यसैगरी कर्मचारी तर्फ ११५ जना कर्मचारी, ४४ जना जनप्रतिनिधि तथा १८२ शिक्षकहरु गरी ३ सय ४१ जनाको सम्पत्ति विवरण बुझाइएको प्रतिवेदनमा प्रस्तुत गरेका थिए । त्यसैगरी २ लाख ६० हजार २५० घनमिटर नदिजन्य पदार्थको घाटगद्दीगरी १ लख ६३ हजार घनमिटर बिक्री गरिएको ल ९७ हजार २५० घनमिटर बाकी रहेको प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा सुझाव राख्दै संघ संस्था, राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकास निर्माणका कामहरु, पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु, नदीजन्य पदार्थको चोरी तस्करी रोक्ने बारेमा सुझबुझका साथ सार्थक र उपलब्धि मुलक भए नभएको वारे मुल्यांकन गरी सेवा प्रवाह गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले गढवा गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका सबै वडामा भएका कार्यक्रमहरुको प्रगति र सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । साथै पालिकाको बिभिन्न शाखामा भएको प्रगतीको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय समुदायले गाउँपालिकाका काम कारवाही र गुनासोको वारेमा प्रश्न राखेका थिए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायबाट जनप्रतिनिधि तथा विषयगत प्रमुखवाट दिईएको थियो । गाउँपालिकाले श्रावण देखि असार महिनासम्म आर्थिक वर्ष २०८१/०८२ गरेको कामको वारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले जानकारी दिए।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशसकिय अधिकृत कृष्णप्रसाद पौड्याल, २ नम्बर वडाध्यक्ष भक्तु चौधरी, ३ नम्बर वडाध्यक्ष तुलसीराम अधिकारी, ५ नम्बर वडाध्यक्ष लेखबहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिरबहादुर आलेमगर, त्यसैगरी कार्यपालिका सदस्यहरु, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सरोकारवाला, महिला समूह र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष शारदाकुमारी चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको थियो। सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय मुक्त कम्लहरी विकास सञ्चकी संयोजक ज्ञानु थापा, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, गढवा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रकी अध्यक्ष ओभा पाठक, राष्ट्रिय जनमोर्चाका गढवा गाउँपालिका अध्यक्ष कपिलदेव खनाल,चेतनशिल महिला समाज केन्द्रकी सकुन्तला डिसी, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा, व्यवसायी तथा शिक्षाप्रेमी चित्रबहादुर रावत क्षेत्री, शिक्षक कमला पौडेल, समाजसेवी सिताराम यादव र देउखुरी टुडे डटकमका फाेटाे पत्रकार दिपक चौधरी लगायतकाले सल्लाह सुझाव दिएका थिए ।

गढवा गाउँपालिकाको आयोजना तथा आविष्कार मिडिया प्राइभेट लिमिटेड देउखुरीको सहजीकरणमा सम्पन्न भएको हो। गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण आविष्कार मिडिया प्राइभेट लिमिटेड दाङका पुष्पा पौडेल, उमानाथ यादव, युगबोध राष्ट्रिय दैनिकका प्रतिनिधि तथा पत्रकार शिवराज पन्थी, गणतन्त्र नेपाल डटकमकाका कृष्ण पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे