पेट्रोल लिटरमा ५ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँले घट्यो



पेट्रोल लिटरमा ५ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँले घट्यो

काठमाडौँ ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरमा ५ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको जनाएको छ ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १ सय ४५ रुपैयाँ ५० पैसा, १ सय ४७ रुपैयाँ र १ सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १ सय ५७ रुपैयाँ ५० पैसा, १ सय ५९ रुपैयाँ र १ सय ६० रुपैयाँ तोकिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमको विज्ञप्तिमा छ ।Fuel prices fell

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे