दाङमा अत्यधिक आवाज निकाल्ने ९२ वटा मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
दाङ ३१ असार । दाङमा ट्राफिक प्रहरीले ट्राफिक नियमको उल्लंघन गर्दै मोटरसाइकलको साइलेंसर मोडिफाइ (परिवर्तन) गरी अत्यधिक आवाज निकाल्ने ९२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
दाङको लमही, घोराही, तुलसीपुर लगायतका क्षेत्रहरूमा पछिल्लो समय युवा वर्गबीच साइलेंसर मोडिफाइ गर्ने प्रवृत्ति बढ्दै गएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विशेष अभियान संचालन गरेको हो। प्रहरीका अनुसार, यस्तो कार्यले नजिकैको वातावरणमा ध्वनि प्रदूषण बढाउने मात्र होइन, वृद्धवृद्धा, बालबालिका, विद्यार्थी तथा बिरामीहरूलाई मानसिक असरसमेत पार्ने गरेको छ। साथै सडकमा अनावश्यक हुलदंगा, डर र असजिलो स्थिति सिर्जना हुने भएकाले यसप्रकारका गतिविधिलाई रोक्न कडाइ गरिएको हो।
प्रतिक्रिया दिनुहोस्
