दाङमा बलात्कार आरोपमा  एक युवक पक्राउ



दाङमा बलात्कार आरोपमा  एक युवक पक्राउ

दाङ २८ असार । दाङमा बलात्कार आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका –११ घर भइ हाल तुलसीपुरमा बस्दै आएका ३५ वर्षका बीर बहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आरोपीलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । २०८१ वैशाख १४ गते  राति ११ बजे बलात्कार गरेको भन्दै  २८ वर्षकी महिलाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले वलीलाई पक्राउ गरेको हो । ‘कतिपय केसहरू हेर्दा लभ गर्ने ।आर्थिक सङ्कलन गर्ने । बलात्कार गर्ने जस्ता घटनाहरू घटाएको भन्दै धरै कुराहरू आइरहेका छन् । हामीले पक्राउ गरेर अनुसन्धान गर्दै छौ । हेरौँ के हुन्छ ।’ डीएसपी अनिल ठकुरीले भने । गएको कातिक २५ गते केही युवाहरूले तुलसीपुरको सल्यान रोड स्थित सल्यानी होटलमा आरोपीलाई खुकुरी प्रहार गरेका थिए । पक्राउ परका वलीलाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे