बाल कथा : सानी



बाल कथा : सानी

माझी गाउँ एउटा दुर्गम क्षेत्रमा रहेको गाउँ थियो । त्यो गाउँमा सानीको सानो परिवार बस्थ्यो । परिवारमा सानीको बुबा राजकुमार, आमा सिता र भाई राकेश थिए गाउँकाले उनीहरुलाई गरिब र तल्लो जातको भनेर भेदभाव गर्थे, जसको कारण उनीहरूको नराम्रो लाग्थ्यो ।
उनीहरूले आफ्नो जिविकोपार्जन कृषि गरेर चलाउने गर्थे, सबै कुरा राम्रो सँग चलिरहेको थियो । तर एक रात गाउँमा नेपालकै सबै भन्दा ठूलो विनासकारी भुकम्प आयो । त्यस भुकम्पको कारण गाउँको धेरै मान्छेहरुको मृत्यु भयो । त्यस घटनामा गाउँका धेरै घरहरु नष्ट भए ।

साथै त्यो सानो परिवारमा रहेको बुबा आमा र छोराको पनि मृत्यु भयो । तर सानी बाँचिन् र बाँचे भनेरै उसले आफूलाई एकदमै भाग्यमानी ठानेकी थिइन् तर उनको त्यो खुसी धेरै बेर टिक्न सकेन किनभने उनको परिवारको पनि त्यहि घटनाको कारण सबैको मृत्यु भएको थियो ।
त्यस महाभुकम्पमा मृत्यु भएका मान्छेहरुको लास आफ्नो गाउँको छेउमा रहेको नदीमा लगेर जलाइ रहेका थिए । त्यसमा त्यो परिवारको लास जलिरहेको थियो । जाताततै बाट रोईकराई रहेको आवाज मात्र आइरहेको थियो । सानीले मनमनै भनिन् अव म यो संसारमा कसरी बाँच्ने होला मेरो त कोही पनि छैनन् नत मेरो परिवार नत मेरो आफन्त भन्दै झन् रुइरहेकी थिइन्, उनलाई हौसला दिन कोही मान्छे थिएन किन कि गाउँमा सबैको पीडा उस्तै थियो ।

समय बितिरहेको थियो केही दिनपछि गाउँमा रमेशले सानीलाई देखेर सबैले हेरौ गरिब परिवार भएको र तल्लो जात केटी आइ” भन्दै जिस्काइरहेको थियो । तलाई के त गरिब हैनस तेरो परिवार नभएको हैन, अनि त तल्लो जात पनि होइनस्“ भनी आँखामा गहभरि आँसु पारी सानीले रमेशलाई भनेकी थिइन् । सबै कुरा सुनेर रमेशलाई झनक्क रिस उठ्यो अनि त्यसैले रमेशले सानीलाई गालामा एक झापड हान्यो । रमेशले हानेको कारण सानीले रमेशलाई तैले मलाई किन हानिस भनेर गाली गर्न थालिन् र गाली गरेको सुनेरा रमेशको बुबा आउनु भयो । त्यसपछि रमेशको बुबाले पनि सानी माथि नै गाली गर्न थाल्नु भयो । सानीलाई भन्नुभयो त तल्लो जातको भएर माथिलो जातसँग जोरी खोजेकी छ्स भनेर भन्नुभयो । त्यतिकैमा सानीले भनिन् हजुरको छोरा हो पैला म सँग जोरी खोजेको भनेर सानीले भन्छिन् र रुदै रुदै जंगल तिर दौडिन्छिन् ।

यो कुराले गर्दा सानी सधै दुखित हुन्छिन् यस घटनाले गर्दा सानीको मुहारमा रहेको त्यो पिडाको मुस्कान पनि रहदैन रमेशले भनेको कुरा मनमा खेलाउँदै खेलाउदै सानीको आँखाबाट आँसु आइरहेको थियो । उनी जंगल तिर गएर पिपलको रूखमुनी बसेर आफ्नो परिवार सँंगै बिताएका रमाइला पलहरु सम्झिदै रोइरहेको थिइन् । अब म यो गाउँमा बस्दैन भनेर उनी फेरि त्यहि जंगलको बाटो हिडिरहेको थिइन् । उनी काहाँ हिडेकी हुन उनलाई होसै थिएन बाटो हिड्दा हिड्दै रात पर्यो रातीमा जंगल अँध्यारो भयो सानीलाई डर लाग्यो किनभने अँध्यारो जंगलको बाटो हिडिरहदा केही जंगली जनावर आएरा पो खान्छ कि भनेर ? सानीको डरैडरमा बिहान भएको पत्तैै भएन । अर्को दिन बिहान सानी हिंड्दा हिंड्दै शहर पुगिन् र सानी शहर देखेर छक्क परिन् । जंगनको बाटो हिडेर होला सानीलाई धेरै थकाइ लागेको थियो । त्यसैले उनी प्रतिक्षालयमा गएर बसिरहेकी थिइन् ।

गाँउमा घटेको घटना मनमा खेलाउँदा खेलाउँदै सानी कति खेर निदाइन पत्तै भएन । एकछिन् पछि दुईजना बुढाबुढी बा र आमा आए । उनीहरुले सानीलाई उठाउने कोसिस गरिरहेका थिए । सानी आँखा मिच्दै उठिन् । अनि बुढी आमाले उसलाई तिम्रो नाम के हो ? नानी भनेर सोधेको थिइन् । उसले मेरो नाम सानी हो भनेको थिइन् । त्यतिकैमा बुढा बाले सानीलाई तिम्रो परिवार खैत ? भनेर सोधे सानीले आफ्नो आँखा भरी आँसु पारी भावुक स्वरमा भनिन् मेरो यो संसारमा कोही पनि छैन् किन नानी भनेर बाले पुन सोध्नुहुन्छ अनि सानी भन्छिन् अस्ती आएको नेपालकै सबै भन्दा ठुलो विनाशकारी भुकम्पमा परि मेरो सन्सार उजाड भएको छ बा, अनि नम्र स्वरमा बा आमाले सानीलाई सोधे हामी पनि सन्तान बिहिन हौ के तिमी हाम्रो परिवारको सदस्य बन्छ्यौ ? एक छिन सोच्दै सानी पनि हुन्छ भन्छिन् । अनि तिनै जना बा आमाको घर तिर लाग्छन् समय बित्दै जान्छ । बा आमाले सानीलाई आफ्नै छोरी जस्तै बनाएर राख्न थाले ।

सानीलाई उनीहरुले आफ्नो जीवन भन्दा धेरै माया गर्थे । सानीको मुहारबाट हराएको मुस्कान फेरि उसको मुहारमा फर्किआएको थियो । सानी आफ्नो नयाँ परिवार सँंग धेरै खुसी भइन्् । तर अझै आमा, बुबा र भाईलाई बेला बेला सम्झी सम्झी आँसु झार्ने गर्छिन् । तर बुढा बा आमाले देख्नुहुन्छ भनेर सबै कुरा मनमा दबाएर बस्ने गर्थिन् । जसले उसलाई नयाँ जीवन दिएको थियो उहाँहरुलाई खुसी बनाउनु थियो उनले ………।

नाम : अनुस्का आचार्य
कक्षा : ८
विद्यालय : चैतन्य पाठशाला राप्ती उपत्यका देउखुरी–दाङ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे