राप्ती प्रेस मञ्चद्धारा स्व.वडा सदस्य रावतको संझनामा श्रद्धाञ्जलीसभा सम्पन्न



राप्ती प्रेस मञ्चद्धारा स्व.वडा सदस्य रावतको संझनामा श्रद्धाञ्जलीसभा सम्पन्न

भालुवाङ २५ असार । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले बुधवार श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चका अभिभावक तथा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदस्य टेकबहादुर रावतको निधन भएको ९ औं दिनको पुण्य तिथिका अवसरमा मञ्चले श्रद्धाञ्जली सभा कार्यक्रम गरेको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा दिंवगत रावतको तस्बिरमा मल्यार्णपण सहित एक मिनेट मौनधारण समेत गरिएको थियो । सभामा बोल्ने वक्ताहरुले रावतको निधनले एक असल जनप्रतिनिधि तथा अभिभावक गुमाउँदा ठुलो क्षति भएको बताएका थिए । रावत सवै जनप्रतिनिधि मध्ये सोझा, इमान्दार र समाजसेवा प्रति उनको ठुलो लगानी रहेको बताएका थिए । उनले पत्रकारहरुले लेखेका हरेक समाचार तथा सुचनालाई नियालेर हेर्ने र सुझाव दिने गरेको बताएका थिए । त्यस्तै वक्ताहरुले मानव जन्मेपछि मृत्यु एक दिन अवश्य हुने भएकाले शोकलाई शक्तिमा बदल्न आग्रह गरेका थिए ।

श्रद्धाञ्जलीसभामा स्वर्गीय रावतकोे व्यक्तित्व परिचय सहित निधन विषयका स्थानीय छिमेकी राजकुमार लामाले जानकारी गराएका थिए । सो अवसरमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, मञ्चका सदस्य विदुर एमसी लगायतका वक्ताहरुले शोक मन्तव्य व्यक्त गरेका थिए । सभाको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो । राप्ती गाउँपालिका वडा नम्बर २ मुक्तिनगर निवासी ६५ वर्षिय रावतको असार १७ गते विहान ४ः३० बजे आफ्नै निवासमा निधन भएको थियो । रावतको निधन उच्च रक्तचाप अर्थात हटेट्याकका कारण भएको थियो । स्वर्गीय रावतको असार १७ गते बिहान राप्ती नदीको कठाहा घाटमा नेपाली परम्परा अनुसार दाहसंस्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे