देउखुरीकाे हरियाली साकाेसद्धारा कालापानी सामुदायिक वनमा बृक्षाराेपण
देउखुरी २१ असार । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-५, सिसहनियाँ स्थित हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृक्षाराेपण गरेकाे छ । संस्थाकाे बार्षिक कार्यक्रम अन्तर्गत वातावरण संरक्षण सम्बन्धि लक्ष्य अनुसार राप्ती गाउँपालिका-५, कालापानीमा रहेकाे कालापानी सामुदायिक वन समूहकाे धार्मिक तथा पर्यटकीयस्थल खौराहा बाबा परिसरमा बृक्षाराेपण गरिएकाे हाे ।
“वृक्ष लगाऔं, प्रकृति बचाऔं ‘आजको एउटा बिरुवा, भोलिको एक हरित संसार” भन्ने मुल नाराका साथ उक्त बृक्षाराेपण गरिएकाे थियाे । सामुदायिक वनकाे करिब ५ हेक्टर क्षेत्रफलमा अम्बा, धुपी सल्ला, कागती, तिमुर, कपुर, सैगुन, मसला प्रजातीका करिब ५ सय ५० बिरुवा बृक्षाराेपण गरिएकाे संस्थाका व्यवस्थापक उमेश चाैधरीले जानकारी दिए । वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले गरिएको वृक्षारोपणले जैविक विविधता संरक्षणमा टेवा पुग्ने विश्वास गरिएकाे व्यवस्थापक चौधरीले बताए ।
बृक्षाराेपण कार्यक्रममा संस्थाका अध्यक्ष रेशमबहादुर थापा, संस्थाका निर्वतमान अध्यक्ष शिबध्वज मल्ल, काेषाध्यक्ष शाेभाकर आचार्य, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, मञ्च कै बरिष्ठ उपाध्यक्ष सन्ताेषकुमार गुप्ता, सहकारी संस्थाका सदस्य सरिता पाैडेल, शिक्षा उप-समिती सदस्य कमला शर्मा, खरिद बिक्री समितीका सदस्य मदन पाेख्रेल र संस्थाका पूर्व कार्य समिती सदस्य प्रकाश पाैडेल र व्यवस्थापक उमेश चाैधरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।


