एसईईमा ज्ञानज्योतिबाट फोर जिपिए ल्याउने जेसिका शर्मा सहित ४९ जना विद्यार्थी सम्मानित



एसईईमा ज्ञानज्योतिबाट फोर जिपिए ल्याउने जेसिका शर्मा सहित ४९ जना विद्यार्थी सम्मानित

भालुवाङ २० असार । दाङको लमही नगरपालिका–५, लमही बजारमा रहेको ज्ञानज्योति मोडेल स्कुलले २०८१ को माध्यमिक शिक्षा परीक्षा एसईईमा फोर जिपिए ल्याउने जेसिका शर्मा सहित ४९ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

गत असार १३ गते प्रकाशित परिक्षाफल अनुसार कुल ५६ जना परिक्षामा सहभागी विद्यार्थी मध्ये जेसिका शर्माले फोर जिपिए ल्याएकी छिन् । गढवा गाउँपालिका वडा नम्बर ५ उठैया घर भई हाल लमही बजारमा बस्दै आएकी शर्माले संस्थागत विद्यालय तर्फ फोर जिपिए ल्याएकी हुन् । त्यस्तै फोर जिपिए सहित ११ जनाले ए प्लस, १५ जनाले ए र १८ जनाले बि प्लस र ५ जनाले बी ल्याएको विद्यालयका प्रिन्सिपल राजु यादवले जानकारी दिएका छन् ।

उत्कृष्ट नतिजा आएपछि विद्यालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरि ४९ जना विद्यार्थी र उनका अभिभावहरुलाई खाँदा, टीका लगाएर सम्मान गरेको हो । विद्यालयका प्रिन्सिपल राजु यादवको अध्यक्षता एवम् ज्ञानज्योति फाउन्डेसनका प्रबन्ध निर्देशकसुरेन्द्र जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, फाउन्डेसनका काउन्सिलर दिनेश गुरूङ, शेयर सदस्य माधव शर्मा, अभिभावक उषा दसौदी, शिक्षिका चमेली पुन र ४ जिपिए ल्याउने विद्यार्थी जेसिका शर्मा लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

उत्कृष्ट नतिजा ल्याउन शिक्षक, अभिभावक, विद्यार्थीहरुको मेहनत रहेको प्रति विद्यालय प्रशासनले सवैमा धन्यवाद ज्ञापन गरेको छ । यस्तै स्कुलले उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना दिएको छ । रामजनम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्ंचालन फाउन्डेसनका शिक्षक खिम पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे