दाङकाे गढवामा जनता मावि कालाकाटे कार्यसम्पादनमा प्रथम, नगद ३ लाख पुरुस्कार पाउँदै



दाङकाे गढवामा जनता मावि कालाकाटे कार्यसम्पादनमा प्रथम, नगद ३ लाख पुरुस्कार पाउँदै

देउखुरी १९ असार । दाङको गढवामा जनता मावि कालाकाटे कार्यसम्पादनमा प्रथम भएको छ । गढवा गाउँपालिकाले पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको कार्यसम्पादन मूल्यांकन परीक्षणमा जनता मावि कालाकाटे प्रथम हुन सफल भएको हो ।

 

पालिकाले बिहिबार नतिजा प्रकाशन गर्दै आर्थिक बर्ष २०८०/०८१ मा विद्यालयहरुले सम्पादन गरेका कामको मूल्यांकन गर्दा ७९ अंक प्राप्त गरी जनता मावि कालाकाटे उत्कृष्ट भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्याम बिश्वकर्माले जानकारी दिए । पालिका भरिका १२ वटा विद्यालयहरुको कार्यसम्पादन मूल्यांकन परीक्षण गर्दा जनता मावि कालाकाटे पहिलो भएको उनले बताए ।

 

पालिका उत्कृष्ट भए संगै विद्यालयले प्रोत्साहन अनुदान स्वरुप ३ लाख पाउने भएको छ । गत वर्ष पनि कार्यसम्पादन मूल्यांकनमा जनता मावि कालाकाटे उत्कृष्ट भई ३ लाख पुरुस्कार प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे