कारागार कार्यालय घोराहीमा पुर्पक्षमा रहेका एक थुनुवाकाे मृत्यु
दाङ १९ असार । बालिका बलात्कारको आरोपमा कारागार कार्यालय घोराहीमा पुर्पक्षमा रहेका घोराही उपमनपा–२ का ३३ वर्षीय जीवराज चौधरीको मृत्यु भएको छ ।
यही असार ८ गते पुर्पक्षका लागि कारागार चलान भएका चौधरी बुधबार राति नौ बजेतिर एक्कासी बेहोश भएपछि उपचारका लागि कारागार प्रशासनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेको थियो । अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो । पहिलेदेखि नै मुटु र कलेजोको विरामी रहेका चौधरी पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गत जेठ १४ गते पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्

