राप्तीका युवाहरू बिस्तारै व्यवसायमा जोडिदै, मौरीघाटमा राप्ती मिट एण्ड सप्लायर्सको उद्घाटन



राप्तीका युवाहरू बिस्तारै व्यवसायमा जोडिदै, मौरीघाटमा राप्ती मिट एण्ड सप्लायर्सको उद्घाटन

देउखुरी २० असार । दाङ–देउखुरीको राप्ती गाउँपालिकाका केही युवाहरू पछिल्लो समय व्यवसायिक रूपमा जोडिन थालेका छन् । बिदेश पलायन तर्फ युवाहरूको आकर्षण बढ्न थालेका बेला राप्ती गाउँपालिका–१, पाखापानीका श्रीधर कँडेल र राप्ती गाउँपालिका–४, मौरीघाटका अभिनास भट्टराई स्वदेश मै बसेर व्यवसायिक रूपमा आत्मानिर्भर बन्न थालेका हुन् ।

यी दुई युवाले राप्ती गाउँपालिका–५, सिसहनियाँमा राप्ती मिट सप एण्ड ईशा सप्लार्यस् सञ्चालनमा ल्याएको केही दिन मै आज शुक्रबार राप्ती गाउँपालिका–४, मौरीघाट स्थित प्रदेशसभा जाने बाटोमा राप्ती मिट सप एण्ड सप्लायर्स सञ्चालनमा ल्याएका हुन् । प्रदेश राजधानी समेत रहेको राप्ती उपत्यका देउखुरीमा ताजा, स्वच्छ, सफा मासु सहज र सरल रूपले पुर्याउने उद्देश्यले राप्ती मिट सप एण्ड सप्लायर्स सञ्चालनमा ल्याएको सञ्चालक तथा युवा उद्यमी अभिनास भट्टराईले जानकारी दिए ।

उनले अहिले सप्लायर्सबाट लोकल कुखुरा, बोइलर कुखुरा, बोका र खसीको ताजा, स्वच्छ र सफा मासु पर्याप्त मात्र उपलब्ध गराउने लक्ष्य रहेको बताए । प्रदेश राजधानी क्षेत्रलाई मासुमा आत्मानिर्भर बनाउन समेत यो सप्लार्यस सञ्चालनमा ल्याएको युवा उद्यमी भट्टराईले बताए ।

उक्त सप्लायर्सको राप्ती उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष तथा राप्ती फिड एण्ड इष्ट्रिण्डज प्रा.लि.का सञ्चालक जगतप्रसाद पोख्रेलले गरेका थिए । उनले रिबन काटेर र गडी फुटालेर उक्त सप्लायर्सको उद्घाटन गर्नु भएको हो । सप्लार्यसको उद्घाटन गर्दै पोख्रेलले अब नेपाली युवाहरू कुनै न कुनै रूपमा व्यवसायिक रूपमा जोडिन आवश्यक रहेको बताए ।

उनले युवाहरू अब बिदेश मात्र ताक्ने नभई व्यवसायिक तथा उद्यमी बन्न जरूरी रहेको बताए । उनले राप्तीका युवाहरूले व्यवसाय सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेको बताए । साथै उनले मासु पसल संगै मासुका परिकारहरू पनि पस्किन जरूरी रहेको भन्दै व्यवसायिक सफलताको शुभकामना समेत व्यक्त गरे । सप्लायर्स उद्घाटन कार्यक्रममा उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी सहित स्थानीयबासीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे