राष्ट्रिय जनमाेर्चा राप्तीद्वारा वडाअध्यक्ष चाैधरी पत्नीकाे श्रद्धाञ्जलीसभा सम्पन्न



राष्ट्रिय जनमाेर्चा राप्तीद्वारा वडाअध्यक्ष चाैधरी पत्नीकाे श्रद्धाञ्जलीसभा सम्पन्न

देउखुरी १९ असार । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका समितिले आज बिहिबार श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य तथा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीकी जीवनसंगिनी दिपा चौधरीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा पार्टीले श्रद्धाञ्जली सभा कार्यक्रम गरेको हो ।

पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष बाबुराम थापाको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जलीसभामा दिंवगत दिपा चौधरीको तस्बिरमा मल्यार्णपण सहित एक मिनेट मौनधारण समेत गरिएको थियो ।

सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष नेपालीले मानव जन्मे पछि मृत्यु एक दिन अवश्य हुने भएकाले शोकलाई शक्तिमा बदल्न आग्रह गरे । त्यस्तै उनले दिपा चौधरी समाजका लागि अतिमिलासार र मेहनती नारी भएको उल्लेख गरे ।

यस्तै श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै राजमोका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले दिपा चौधरी जस्तो जिवनसंगिनी कै कारण बिरबहादुर सफल नेता बन्न सक्नु भएको बताए ।

उनले दिपाले पार्टी, संगठन र परिवारमा पुर्याएको योगदानको चर्चा गरेका थिए । दिपा चौधरीको निधनले परिवारलाई मात्र नभई सिँङ्गो पार्टीपङ्गितलाई अतुलनीय क्षति भएको बताए ।

श्रद्धाञ्जलीसभामा स्वर्गीय दिपा चौधरीको श्रीमान बिरबहादुर चौधरीले आफ्नो जिवनसंगिनी दिपाको व्यक्तित्व परिचय सहित निधनको कारण बारेमा जानकारी गराएका थिए । सो अवसरमा बोल्दै बिरबहादुरले दिपाको निधनले सहयात्राको एउटा पाङ्ग्रा फुस्किएको भन्दै पीडा ब्यक्त गरे ।

उनले स्वर्गीय दिपाले आफूलाई राजनीतिक, सामाजिक र पारिवारिक रूपमा सफल बनाउन गरेको त्याग, समर्पण, योगदानको चर्चा गर्दै समाज विकासका लागि भएपनि आफू निडर भएर अघि बढ्ने बताए ।

दिपाको यही असार ६ गते ५२ बर्षको उमेर निधन भएको थियो । उहाँ केहीदिन यता मेन्जाइटिसको बिरामी थिइन् । उनको बुटवलमा उपचारका क्रममा मृत्यु भएको थियो । स्वर्गीय दिपाको असार ७ गते बिहान राप्ती नदीको भानपुर घाटमा थारू समुदायको परम्परा अनुसार दाहसंस्कार गरिएको थियो ।

स्वर्गीय दिपा राजमोको संगठित सदस्य र पार्टी निकट अखिल नेपाल महिल संघको ४ नम्बर वडा कमिटीको सदस्य समेत रहेका थिए । उनको दुई छोरा रहेका छन् । श्रद्वाञ्जलीसभम कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य विष्णुप्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे