प्राविधिक शिक्षालयहरुको स्तर निर्धारण तथा प्रत्यायन विनियमावली सम्वन्धी अभिमुखीकरण
देउखुरी १८ असार । प्राविधिक शिक्षालयहरुको स्तर निर्धारण तथा प्रत्यायन विनियमावली, २०८१ सम्वन्धी लुम्बिनी प्रदेशस्तरि अभिमुखीकरण कार्यक्रम प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) सानोठिमी भक्तपुरको आयोजनामा युवाहरुको लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (क्वालिटी) परियोजना (संघिय तह) को कार्यक्रम अन्तर्गत स्तर निर्धारण तथा प्रत्यायन विनियमावली, २०८१ सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)का लुम्बिनी प्रदेश निर्देशक अच्युतराज तिमिल्सिनाको अध्यक्षता एवम् सामाजिक विकास मन्त्रालयका सचिव बसन्तप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्तर निर्धारण तथा प्रत्यायनका आवश्यकता तथा महत्वका बारेमा छलफल भएको हो ।
प्रविधिक शिक्षालाई कसरी गुणस्तरिय बनाउने उदेश्यका साथ स्तर निर्धारण तथा पत्यायन नीति अगाडि सारिएको जनाएको छ । सिटीईभिटीका उप–निर्देशक खेमराज पोख्रेलको स्वागत मन्तव्य तथा बिषयबस्तु बारे प्रकाश पारेका थिए ।
सो अवसरमा बोल्दै उनले स्तर निर्धारण तथा प्रत्यायन कुनै पनि शिक्षक संस्थाले गुणस्तरका मापदरण्डहरु पुरा गरेको छ भनी आधिकारिक रुपमा पुष्टि गर्ने बताए ।
उप–निर्देशक पोख्रेलले शिक्षण संस्थाहरुलाई मापदरण्ड पुरा गरि गुणस्तर शिक्षा तालिम प्रदान गर्ने संस्थाको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान विश्वासीलो बनाउन मद्दत पुगाउने बताउँदै नेपालमा प्रविधिक धार तर्फका संस्थाहरु यसमा आवद्ध रहेको जानकारी दिए ।
कार्यक्रममा उप–निर्देशक पोखे्रल प्रस्तुत गरेको कार्यपत्र अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का ३६ महिने डिप्लोमा कार्यक्रम, १८ महिने प्रि–डिप्लोमा कार्यक्रम, २४ महिने अप्रेण्टिसिप कार्यक्रम सञ्चालित रहेका छन् ।
प्रविधिक संस्थाहरुको स्तर निर्धारण गर्दा विद्यार्थी, अभिभाबक र रोजगारदाता, उद्योग तथा व्यापार क्षेत्रका लागि फाइदा रहेको पोख्रेलले प्रस्तुत गरेको कार्यक्रपत्रमा उल्लेख गरे ।
‘मुल्यांकन टोलीले ७ वटा मापदण्ड, ७३ वटा सुचक तथा विभिन्न उप–सुचकहरुका आधारमा स्थलगत मुल्यांकन गरी अंक दिने उहाँले बताउनुभयो ।, ‘त्यसमा शुशासन तथा व्यवस्थापन, भौतिक मानवर्स्रोत अनुसन्धान तथा विकासहरु समेट्नुपर्दछ ।’ स्तर निर्धारण तथा प्रत्यायनको उपाधिका लागि समेत वर्गीकरण गरिएको छ ।
सर्वोत्कृष्ट, उत्कृष्ट, मध्यम, सामान्य र नन–ग्रेडेडमा वर्गीकरण गरेको छ । तर, उपाधि प्राप्त गर्न नसकेको शिक्षण संस्थाहरुलाई उपाधि प्राप्त गर्न नसक्नुको कारण सहित जानकारी गराईने जनाएको छ । उपाधि प्राप्त गर्न नसकेका संस्थाहरुमा सञ्चालित कार्यक्रमहरुको निरन्तरतामा कुनै बाधा नपुग्ने बताईएको छ ।
त्यस्तै बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कोइरालाले शिक्षाको गुणस्तर कायम गर्नमा शिक्षण संस्थाहरु जिम्मेवार बन्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले अब विद्यार्थीहरूलाई व्यवसायिक रूपमा आत्मानिर्भर बनाउन तर्फ सबैको ध्यान जानू पर्ने समेत बताए ।
त्यस्तै कार्यक्रममा सिटीईभिटी लुम्बिनी प्रदेश निर्देशक अच्युतराज तिमिल्सिनाले प्राविधि धारणका विद्यालयहरु धेरै रहेको भएपनि स्तर निर्धारण गुणस्तर मापन गर्नमा र सुनिश्चित गर्नका लागि यो नीति लिएको बताएको बताए ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, उपाध्यक्ष कमलापति चौधरी, राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, राप्ती प्राबिधिक शिक्षालय गोबरडिहाका शिक्षालय प्रमुख शालिकराम डाँगी र सर्वोदय मावि सिसहनियाँका प्रधानाध्यापक बिनोदकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा सिटिभिटीबाट सम्बन्धन प्राप्त शिक्षालयका प्रतिनिधि, शिक्षालय प्रमुखहरु, सामाजिक मन्त्रालय, सामाजिक विकास निर्देशनालय, स्थानीय तह र रोजगारदाता गरी लगभग ६० जनाको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशमा हाल २ सय ७६ वटा सिटीईभिटीबाट मान्यता प्राप्त विद्यालयहरु रहेका छन् । कार्यक्रमको सञ्चालन सिटिभिटीका कृष्णबहादुर खड्काले गरेका थिए ।

