राप्ती-४ माैरीघाटबाट चेक बाउन्स मुद्दामा फरार प्रतिवादी चौधरी पक्राउ



राप्ती-४ माैरीघाटबाट चेक बाउन्स मुद्दामा फरार प्रतिवादी चौधरी पक्राउ

भालुवाङ १८ असार । चेक बाउन्स मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालत दाङको २०८१ मंसिर ७ गतेको फैसला अनुसार बिगो वापत २ बर्ष कैद सजाय फैसला भएका फरार राप्ती गाउँपालिका–४ मौरीघाटका ५२ वर्षिय उमेश कुमार चौधरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलिले आफ्नै घरनजिकैबाट पक्राउ गरि फैसला कार्यन्वयनका लागि जिल्ला अदालत दाङमा बुझाईएको प्रहरी निरीक्षक ऐरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे