दाङको राप्तीमा १५ वर्षिय किशोरी बलात्कृत, १६ वर्षिय किशोर पक्राउ



दाङको राप्तीमा १५ वर्षिय किशोरी बलात्कृत, १६ वर्षिय किशोर पक्राउ

भालुवाङ १८ असार । दाङको राप्ती गाउँपालिकामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कारको आरोप १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

गत असार १२ गते घटना भए पनि प्रहरीले असार १५ गत जाहेरी दर्ता गरेपछि घटना बाहिर आएको हो । पीडित किशोरी ५६ भालुवाङ ६६ क र आरोपित किशोर ५६ भालुवाङ ६६ ए परिवर्तित नाम राखी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार आरोपित किशोरले गढवामा लागेको रात्रिकालीन मेला हेर्न जाने बहानामा पीडितलाई मोटरसाइकलमा बसालेर असार १२ गते मध्यरातमा जबजस्ती गरेका थिए ।

उक्त घटना राप्ती गाउँपालिका–६ भगवानपुर सुन्दरपुर स्थित राप्ती ड्याममा घटेको पीडितले बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ । पीडित किसोरीकी बुबा रोल्पाबाट असार १४ गते दाङ आइपुगेपछि मात्रै घटना बारेको जाहेरी प्रहरीमा दर्ता गराएको पीडित परिवारको दाबी रहेको छ । जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे