लिटिल एन्जल्स स्कुलद्धारा एसईईमा उत्तीर्ण हुने विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान



लिटिल एन्जल्स स्कुलद्धारा एसईईमा उत्तीर्ण हुने विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान

भालुवाङ १७ असार । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा रहेको लिटिल एन्जल्स स्कुलले एसईईमा उत्तीर्ण हुने विद्यार्थी, अभिभावक र शिक्षकलाई बधाई सहित सम्मान गरेको छ ।

विद्यालयले मंगलबार एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरेको हो । एसईई परिक्षामा विद्यालयले शतप्रतिशत नतिजा ल्याएपछि २३ जना विद्यार्थी र उनीहरूका अभिभावक, विषयगत शिक्षकहरुलाई फुलमाला, टीका, मायाको चिनो प्रदान गरि सम्मान गरेको हो । असार १३ गते प्रकाशित परिक्षाफल अनुसार कुल २३ जना परिक्षामा सहभागी विद्यार्थी मध्ये ४ जनाले ए प्लस, १० जनाले ए, ८ जनाले बि प्लस र १ जनाले बी ग्रेड ल्याएको विद्यालयका प्रिन्सिपल शोभाकर भुसालले बताए । शत प्रतिशत नतिजा ल्याउन शिक्षक, अभिभावक, विद्यार्थीहरुको मेहनत रहेको प्रति विद्यालय प्रशासनले सवैमा धन्यवाद ज्ञापन गरेको छ । यस्तै स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थापाको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोभाखर भुसाल, निवर्तमान अध्यक्ष रिखिराम खनाल, लेखा समिति संयोजक कर्णबहादुर पौडेल, सदस्य रामप्रसाद शर्मा, पत्रकार महेश रिजाल लगायत अन्य शेयर सदस्य, अभिभावकको उपस्थिति रहेको थियो । देउखुरी क्षेत्रका संस्थागत विद्यालयहरूमध्ये विगत वर्ष देखि अहिले सम्म शतप्रतिशत नतिजा ल्याउन सफल एक मात्र विद्यालयका रूपमा लिटिल एन्जल स्कुलले आफ्नो छुट्टै पहिचान बनाएको छ । कार्यक्रममा प्रधानाध्यापक भुसालले यसै वर्ष देखि विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकाय र कानुन संकाय सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउँदै आधुनिक प्रविधि अनुसार ‘रोबोटिक कक्षा’ सुरु गर्ने योजना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे