एसईईमा पब्लिक एजुकेशनबाट फोर जिपिए सहित सतप्रतिशत उत्तीर्ण विद्यार्थीलाई सम्मान



एसईईमा पब्लिक एजुकेशनबाट फोर जिपिए सहित सतप्रतिशत उत्तीर्ण विद्यार्थीलाई सम्मान

भालुवाङ १७ असार । दाङको राप्ती गाउँपालिका–२, लालमटियामा रहेको पब्लिक एजुकेशन एकेडेमीले २०८१ को माध्यमिक शिक्षा परीक्षा एसईईमा फोर जिपिए सहित शतप्रतिशत नतिजा ल्याएको छ ।

गत असार १३ गते प्रकाशित परिक्षाफल अनुसार कुल ३८ जना परिक्षामा सहभागी विद्यार्थी मध्ये आषिका शर्माले फोर जिपिए ल्याएकी छिन् । राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी शर्माले संस्थागत विद्यालय तर्फ फोर जिपिए ल्याएकी हुन् । त्यस्तै ७ जनाले ए प्लस, २० जनाले ए र १० जनाले बि प्लस ल्याएको विद्यालयका प्रिन्सिपल चम्पकराज कार्कीले जानकारी दिएका छन् । सतप्रतिशत नतिजा आएपछि विद्यालयले मंगलवार एक कार्यक्रमको आयोजना गरि ३८ जना विद्यार्थी र उनका अभिभावक तथा शिक्षकहरुलाई फुलमाला, टीका, मायाको चिनो प्रदान गरि सम्मान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक चम्पकराज कार्कीको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष हिमानन्द पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देउखुरी शिक्षा सहकारी संस्थाकी अध्यक्ष कृष्णा पोख्रेल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्रीकृष्ण शर्मा, ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा पब्लिक एजुकेशन एकेडेमीका निवर्तमान प्रधानाध्यापक विक्रान्त ज्ञवाली, आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेल, दुर्गा भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक केशवराज आचार्य, विद्यार्थी यज्ञबहादुर विश्वकर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शत प्रतिशत नतिजा ल्याउन शिक्षक, अभिभावक, विद्यार्थीहरुको मेहनत रहेको प्रति विद्यालय प्रशासनले सवैमा धन्यवाद ज्ञापन गरेको छ । यस्तै स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना दिएको छ ।

देउखुरी क्षेत्रकै संस्थागत विद्यालयहरू मध्ये एक उत्कृष्ट विद्यालयले फोर जिपिए सहित शतप्रतिशत नतिजा ल्याउन सफल भएको खुसीयालीमा विद्यालयले विद्यालय परिसर देखि पुर्वमा भालुवाङ र पश्चिममा सिसहनियाँ सम्म हर्ष उल्लासको ¥याली निकालेको थियो । विद्यालयकी शिक्षिका मुना गिरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्ंचालन विद्यालयका सहायक प्रधानाध्यापक फनीराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे