लुम्बिनीमा सत्तापक्ष कै दल एकाएक विपक्षमा, माओवादी सहित ४ दलद्धारा संसद बैठक बहिष्कार
देउखुरी १७ असार । करिब १७ दिन ढिला गरी शुरू भएकाे लुम्बिनी प्रदेशसभा बैठक माओवादी सहित ४ दलले बहिष्कार गरेका छन् । प्रमुख प्रतिपक्ष माओवादी सहित चार दलले आज मंगलबारकाे संसद बैठक बहिष्कार गरेका हुन् । प्रमुख प्रतिपक्ष माओवादी सहित राप्रपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमाेर्चाले संसद बैठक बहिष्कार गरेकाे छ ।
दिउँसाे ३ बजे बसेकाे संसद बैठकमा प्रमुख प्रतिपक्ष माओवादी सहितका दलले उभिएर संसद बैठकमा बिराेध जनाएपछि सभामुख तुलाराम घर्तीले प्रतिपक्ष दलका तर्फबाट माओवादीका प्रमुख सचेत इन्द्रजित थारूलाई आफ्नाे भनाई राख्न अनुमति दिएका थिए ।
प्रतिपक्ष दलकाे तर्फबाट माओवादीका सचेतक थारुले बाेल्दै यथास्थतिमा बजेट माथिकाे छलफल अगाडि बढाउन नदिने बताएका थिए । उनले बजेटमा गम्भीर त्रुटि देखिएकाेले बजेटकाे पुर्नर लेखन गर्न सरकार तयार नभए सम्म आफूहरु कुनै पनि छलफलमा सहभागी नहुने बताएपछि राजनीति सहमतिका लागि भन्दै आधा घण्टाका लागि संसद बैठक स्थगित गरिएका थियाे ।
आधा घण्टामा लागि स्थगित भएकाे संसद बैठक बेलुका करिब ६:४५ देखि शुरू भएकाे थियाे । सत्तापक्ष र प्रतिपक्ष बीच सहमती हुन नसकेपछि दाेस्राे पटक बसेकाे संसद बैठकलाई प्रमुख प्रतिपक्ष माओवादी सहित राप्रपा, नेकपा एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाले बहिष्कार गरेका छन् । माओवादी सहितका दलले संसद बैठक बहिष्कार गरेपछि बजेट पास गराउनका कै लागि सत्तापक्ष कै केही दलहरू एकाएक सरकारलाई दिएकाे समर्थन फिर्ता लिदै प्रतिपक्षकाे बेन्चमा बसेका छन् ।
अहिले लोसपा नेपाल र जसपा नेपाल विपक्ष दलकाे बेन्चमा बसेकाे । दुई दलका तीन सांसद बिपक्षमा बसेका हुन् । लाेसपाका ३ र जसपा नेपालका १ जना गरी ४ जना बिपक्षमा बसेका हुन् । लाेसपाका सन्ताेष पाण्डेय कनैयालाल बानिया, हेमा बेलबासे र जसपा नेपालबाट अबिका काफ्ले बिपक्ष दलकाे बेन्चमा बसेका छन् । दुई दल बिपक्षमा बसे संगै अहिले दाेस्राे पटककाे संसद बैठक सुचारू भएकाे छ ।
अहिले बजेट माथिकाे छलफल समेत अगाडि बढाईएकाे छ । सांसदहरूले बजेट माथि आफ्नाे धारणा राख्ने क्रम रहेकाे छ । लुम्बिनी प्रदेश सरकारले असार १ गते ल्याएकाे बजेटमा प्रतिपक्ष सहित सत्तापक्ष कै सांसदहरूकाे चरम असन्तुष्टि देखिएकाे छ । जसले गर्दा लामाे समयकाे छलफल पछि आजका लागि संसद बैठक बाेलाईएकाे थियाे ।
लोसपा नेपाल र जसपा नेपालले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वकाे सरकारलाई समर्थन गर्दै सत्तापक्षकाे बेन्चमा बस्दै आएकाे थियाे । लोसपा नेपाल र जसपा नेपालले मंगलबार नै सरकारलाई दिएकाे समर्थन फिर्ता लिंदै विपक्षमा बसेकाे थियाे । लोसपा नेपाल र जसपा नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपनि सरकारलाई बजेट पास गराउन स्पष्ट बहुमत रहेकाे छ ।


