वडा सदस्य रावतको निधनमा राप्ती गाउँपालिकाद्वारा शोक बिदा



वडा सदस्य रावतको निधनमा राप्ती गाउँपालिकाद्वारा शोक बिदा

भालुवाङ १७ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य टेकबहादुर रावतको निधनमा राप्ती गाउँपालिकाको कार्यालयले मंगलबार शोक बिदा दिएको छ ।

उनको सम्मानमा आज असार १७ गते मंगलबारका दिन गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, विद्यालयहरू तथा मातहतका सबै कार्यालयहरूमा शोक बिदा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।

वडा सदस्य रावतको असामयिक निधनप्रति राप्ती गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। वक्तव्यमा गाउँपालिकाले एक शालिन, जनप्रिय र कुशल जनप्रतिनिधिको असामयिक निधनले अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व. रावतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। यसै बीच वडा नम्बर २ को कार्यालयले पनि वडा सदस्य रावतको निधनमा शोक स्वरूप १ दिन वडा कार्यालय बन्द गरेर शोक मनाएको छ ।

रावतको निधनप्रति गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, ९ वटै वडाका अध्यक्षहरू, सदस्यहरू तथा विषयगत शाखा प्रमुखहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।रावतको ६५ वर्षीय रावतको आफ्नै निवास मुक्तिनगरमा बिहान साढे ४ बजे तिर निधन भएको थियो । वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिए उनका अनुसार रावत शौचालयबाट निस्केपछि एक्कासी टाउको दुखेर बेहोस भएका थिए ।

तत्कालै भालुवाङ अस्पताल लैजाने क्रममा बाटोमै उहाँको निधन भएको अस्पतालका डा. आकाश बेल्वासेले जानकारी दिनुभयो। रावतको निधन उच्च रक्तचापका कारण हृदयघात (हर्ट अट्याक) भएर भएको हुन सक्ने चिकित्सकको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे