जसपा नेपालद्धारा लुम्बिनी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता
काठमाण्डाै १३ असार । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज पार्टीको तर्फबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएकी हुन् । ८७ सदस्यीय प्रदेशसभामा जसपा नेपालबाट काफ्ले एक जनामात्रै सांसद थिइन् । साथै उनले पत्रमार्फत अब देखि प्रदेशसभाको बैठकमा विपक्षीको आसन व्यवस्थापनका लागि आग्रह पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

