राप्ती प्रेस मञ्चद्वारा शोकसभा कार्यक्रम सम्पन्न
भालुवाङ १२ असार । राप्ती प्रेस मञ्चले बिहीबार शोकसभा कार्यक्रम सम्पन्न गरेको छ।

मञ्चका अभिभावक राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीकी जीवनसंगिनी दिपा चौधरीको निधन भएको साताैं दिनका दिन मञ्चले वडा अध्यक्ष चाैधरीको निवासमा पुगि शोकसभा कार्यक्रम गरेको हो । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् मञ्चका अभिभावक तथा वडा अध्यक्ष बिरबहादुर चाैधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । शोकसभामा स्वर्गीय दिपा चाैधरीको जिवनी तथा उनको निधनका विषयमा उहाँकै श्रीमान् बिरबहादुर चाैधरीले जानकारी गराए । दिपा चाैधरी घरिपरिवारमा मात्र नभई समाजका लागि पनि अति मिलनसार र लगनशील मेहनती रहेको बिरबहादुरले बताए । लामो समय सम्म विभिन्न रोगबाट समस्यामा रहेकी दिपालाई बढी समस्या भएपछि बुटवलमा उपचारत रहेकी थिइन् । मेनानजाइटिस रोग भन्ने शंकामा उपचार भएपनि उनको अन्तिम रिपोर्टमा त्यो रोगको कुनै किटाणु फेला नपरेको श्रीमान् बिरबहादुरले बताए । कार्यक्रममा मञ्चका अध्यक्ष अर्जुन अधिकारीले स्वास्थ्य संस्थामा कमिशनको चलखेल तथा लापरबाहीले दिपाको निधन भएको आरोप लगाए ।

रोगको सहि पहिचान नै नगरि जथाभावी औंषधी चलाउनु र उपचारमा लापरबाही गर्दा नै दिपाको मृत्यु भएको अध्यक्ष अधिकारीले दावी गरे । एउटा जनप्रतिनिधि जस्तो व्यक्तिले रोगको सहि परिचान गराउन नपाएर आफ्नो श्रीमती गुमाउछ भने सर्वसाधारणको हालत झन् के होला अध्यक्ष अधिकारीले भने, पछिल्लो समय स्वास्थ्यकाको लापरबाहीकै कारण नागरिकले अकालमै ज्यान गुमाउनु परेको बताउँदै स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराए । यसै बीच अध्यक्ष अधिकारीले मृतक दिपा चाैधरी प्रति भावपुर्ण श्रद्धाञ्जली तथा मृतक घरपरिवार प्रति गहिरो समवेदना प्रकट गरे ।
शोकसभा कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का निर्वतमान वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश सदस्य शंकर गाैतम, राप्ती चेम्बर अफ कमर्सका सदस्य बालकृष्ण पोख्रेल, गोरखा आइडियल स्कुलका प्रिन्सिपल बसन्त पुन, मञ्चका उपाध्यक्ष बलराम शाही(भिसुन), कोषाध्यक्ष लक्ष्मी पोख्रेल र सदस्य मोतीराम भट्टराईको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।


