दाङकाे राजपुर गाउँपालिकाले ल्यायो ६० करोड २४ लाख बढीको बजेट (याे हेर्नुस् बजेटकाे पूर्णपाठ)



दाङकाे राजपुर गाउँपालिकाले ल्यायो ६० करोड २४ लाख बढीको बजेट (याे हेर्नुस् बजेटकाे पूर्णपाठ)

देउखुरी ११ असार । दाङ-देउखुरीकाे राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ६० करोड २४ लाख ६५ हजार ८ सय ४ रुपैयाँ बराबरको बजेट बजेट प्रस्तुत गरिएको छ । मंगलबार बसेकाे गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनकाे तेस्रो बैठकमा पालिकाका उपाध्यक्ष धनपति यादबले उक्त आकारको बजेट प्रस्तुत गर्नु भएको हाे । अब याे हेर्नुस् बजेटकाे पूर्णपाठ

आर्थिक वर्ष २०८२।०८३ को आय व्यय विवरण (बजेट) बक्तव्य

सभाअध्यक्ष महोदय,

सभाका सम्पुर्ण सदस्यज्युहरु,

संघीयताको अभ्याससंगै स्थानीय सरकारको रुपमा काम गरी रहदा हामी सातौ गाउँसभा सम्म आइपुगेकाछौ । यस सभामा राजपुर गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकको हैसियतले आगामी आ.ब. २०८२/८३ को बजेट तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न पाउँदा गौरवको अनुभुति गरेको छु ।

यस शुभ अवसरमा मुलुकको अग्रगामि राजनीतिक, आर्थिक तथा सामाजिक परिबर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मको विभिन्न घटनाक्रम र चरणहरुमा भएका विभिन्न आन्दोलन, संघर्ष र क्रान्तिहरुमा आफ्नो अमुल्य जीवन समर्पण गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपुर्ण श्रद्दाञ्जलि अर्पण गर्दछु साथै वेपत्ता, घाइते लगायतका योद्दाहरुप्रति उच्च सम्मान ब्यक्त गर्दछु ।

गाउँपालिका स्थापनादेखि हालसम्मका विभिन्न समयक्रममा यस क्षेत्रको नेतृत्व गर्नुहुने सम्पुर्ण अग्रज ब्यक्तित्वहरुका साथै गाउँपालिकाका सम्पुर्ण समुदाय, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, शिक्षक, ब्यवसायी, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु र सञ्चार जगतले यस गाउँपालिकाको विकास, निर्माण तथा आर्थिक सामाजिक रुपान्तरणमा पुर्याउनु भएको योगदानको सगौरव स्मरण गर्न चाहन्छु।

यस आ.ब.मा बाढी डुवान कटान हावाहुरी लगायतका विपदबाट धनजनको क्षति भोग्नुपरेका गाउँपालिका बासि प्रति गहिरो सहानुभुति प्रकट गर्न गर्दै उद्दार राहत तथा पुनस्थापनाको कार्यमा हातेमालो गर्दै सहयोग गर्नुहुने सम्पुर्ण सामाजिक संघ संस्था नागरिक समाज सञ्चार जगत र अन्य सरकारी निकायहरुलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता ज्ञापन गर्दछु ।

“समृद्धनेपाल, सुखी नेपाली” राष्ट्रिय आकांक्षालाई आत्मसाथ गर्दै प्रदेश सरकारको “समृद्ध प्रदेशःसुखि जनता” भन्ने दीर्घकालिन सोच तथा राजपुर गाउँपालिकाको “कृषि, पशुपन्छी, वन पैदावार भरपुर, सुखी, समृद्धि र सुन्दर राजपुर” भन्ने मान्यतालाई पूरा गर्न निरन्तर विकासको यात्रामा अगाडि बढ्ने सङ्कल्प व्यक्त गर्दछु।

सभा अध्यक्ष महोदय,

आ.ब. ०८२/८३ को बजेट तथा कार्यक्रम तयार गर्दा प्रमुखत शिक्षा, पुर्वाधार विकास, कृषि तथा पशु विकास, उद्यमशिलता विकास, स्वास्थ्य सेवालाई प्राथमिकता दिईएको छ । २०७९ सालको स्थानीय निर्वाचनबाट हामी निर्वाचित भएर आए देखी यस गाउँपालिको विकास र सेवा प्रवाहलाइ जनमुखी तथा जनउपयोगी बनाउँदै जनताको घर घरमा सरकार छ कुराको अनुभूत गराउन विभिन्न योजना तथा कार्यक्रम बनाइ लागु गरिएको कुरा सबैलाइ अवगत नै छ। यध्यपि विभिन्न सयममा आउने डढेलो, खडेरी, बाढी पहिरो र डुवानका कारण भएका धनजनको क्षति उद्दार राहत र पुनस्थापना तथा पुननिर्माण जस्ता कार्यमा लगानी गर्नुपर्नेको कारणबाट पनि आशातित रुपमा सफलता हासिल गर्न नसकिएको कुरा विदित नै छ।

कृषिको प्रसस्त संभावना रहेको यस गाउँपालिकाका दुरदराज र गरिब बस्तिमा रोजगारी र आयश्रोत बृद्धिका लागि कृषि तथा पशु विकासमा आधारित VITA परियोजना लागु भइ कार्यान्वयन भइरहेको छ।संविधानको मौलिक हकमा उल्लिखित निशुल्क शिक्षालाइ कार्यान्वयन गर्न शुन्य शुल्कमा विद्यार्थिलाई पठनपाठन गराउन गाउँपालिकाले यथोचित बजेट विनियोजन गरी कार्यान्वनमा ल्याएको छ । यस पालिका भित्रका सम्पुर्ण कर्मचारी तथा शिक्षकहरुलाइ नियमित गराइ सेवामा प्रभाबकारिता ल्याउने तर्फ आवश्यक ब्यबस्था गरिएको छ।शिक्षा, स्वास्थ्य, खानेपानी र सञ्चारमा पछाडी परेको नाका क्षेत्रको विकास गर्न एकीकृत सेवा केन्द्रहरु सम्पन्न हुने चरणमा छन् भने सञ्चार र खानेपानीका लागि गाउँपालिकाका साथै प्रदेश र नेपाल सरकारसंग पहल गरिएको छ ।

कमजोर बर्गका लागि तालिम तथा सीप बिकासमा आधारित विभिन्न सचेतनामुलक कार्यक्रम तथा उद्यमशिलता कार्यक्रम मार्फत महिला, अपांगता भएका तथा आर्थिक रुपमा पिछडिएका बर्गको उत्थानका लागि विविध कार्यक्रम सञ्चालन गरिएको छ । कृषकहरुलाइ कृषि ‍औजार, घाँसको विउ, गहुँ धानको विउ वितरण गरिएको छ साथै पशु उपचारको उपयुक्त प्रवन्ध गरी कृषि तथा पशु क्षेत्रको विकासमा जोड दिइएको छ ।

पुर्वाधार संरचनाको गुणस्तरिय र दिगो विकासका लागि विभिन्न आयोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन तयार गरि केही कार्यान्वयनको चरणमा रहेका छन भने केहीको लागि आगामी आ.ब.मा बजेट विनियोजन गरिएको छ । साथै उक्त योजनाहरु समयमै सम्पन्न गर्न प्रदेश र नेपाल सरकारसंग समेत पहल गरिएको छ ।नाका क्षेत्रमा बाह्रै महिना यातायात सेवा सञ्चालन गर्न जितबहादुर सिंजाली मार्ग र विभिन्न पहुँच मार्गहरुमा उल्लेखनीय बजेट विनियोजन गरी प्राथमिकतापूर्वक निर्माण गरिएको छ ।

भुमिहिन, सुकुम्बास तथा भुमिहिन दलितलाई जग्गा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुरुप जग्गा नापजाँच गरी लालपुर्जा वितरण गर्न सबै वडामा control point स्थापना तथा निस्सा वितरण कार्य सम्पन्न गरी वडा नं २ र ६ मा नापजाँचको कार्य सम्पन्न भई १ नं वडाको नापजाँच कार्य अन्तिम चरणमा पुगेको छ । यसको लागि आवश्यक बजेट, जनशक्ति तथा प्राविधिक उपकरणको ब्यबस्था गरिएको छ ।

सभाका अध्यक्ष महोदय,

अब म आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका प्राथमिकता तथा उद्देश्य प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

राजपुर गाउँपालिकाको प्रथम र एक मात्र उद्देश्य राजपुरको विकास र सम्बृद्धि नै हो । यो मूल उद्देश्यलाई पुरा गर्न तपशिलका अन्य  उद्देश्यहरु यहाँ उल्लेख गरेको छ् ।

विद्यालयहरुको विद्यमान भौतिक संरचनामा सुधार गरी क्रमश गुणस्तरिय पूर्वाधारयुक्त विद्यालय बनाउने, कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्न कृषिमा व्यवसायीकरण एवं प्रविधिकरण मार्फत कृषि क्षेत्रको उत्पादन एबं उत्पादकत्व बढाउने, गरिब घरपरिवारका नागरिक एबं बेरोजगार युवायुवतीलाई कृषि एबं गैर कृषि क्षेत्रमा व्यवसायिक तालिम प्रदान गरी रोजगार/स्वरोजगार बनाउने, नागरिकको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरुको सुदृढीकरण, स्तरोन्नती एबं औषधीको नियमित आपूर्तिको व्यवस्था मिलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउने, सबै क्षेत्रको दीगो एंव सन्तुलित विकास गर्ने, उपलब्ध स्रोत साधनको उपयुक्त क्षेत्रमा लगानी प्रवाहित गरी आर्थिक उन्नयन एबं सामाजिक विकासका माध्यमबाट जीवनस्तरमा सुधार गर्ने, सबै प्रकारका समाजिक, आर्थिक विभेदको अन्त्य गर्दै समुन्नत र न्यायपूर्ण समाज निर्माण गर्ने, नागरिकमैत्री सेवाको अवधारणा अनुरुप सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता एबं विकासमा जनसहभागिता मार्फत सुशासन प्रवर्द्बन गर्ने, सामी कार्यक्रमको माध्यमबाट बैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने जस्ता उद्देश्य परिपूर्ति गर्न मैले मूलतः आर्थिक, सामाजिक विकास तथा गरिबी न्यूनिकरणमा योगदान पुर्याउने, स्थानीय सहभागिता जुट्ने, स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने,  सबै क्षेत्रको दीगो एबं सन्तुलित विकासमा टेवा पुर्याउने, महिला बालबालिका, पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अभिवृद्बि गर्ने। जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने र गाउँपालिकामा भएका सम्भावना एबं आवश्यकताका आधारमा स्थानीय श्रोत साधनको अधिकतम् उपयोग हुने योजना कार्यक्रमहरु र ती योजना तथा कार्यक्रमको कार्यान्वयन गर्दा श्रोतमा परेको चापलाइ मध्यनजर गरी आन्तरिक श्रोतको अधिकतम परिचालन, राजश्व संयन्त्रको सुदृढीकरण र व्यवस्थापन गर्दै पूँजिगत खर्चलाई बढोत्तरी गर्ने कार्यलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको छु ।

सभाअध्यक्ष महोदय,

अब म चालु आ.व. को आय र व्ययको संक्षिप्त प्रस्ताव प्रस्तुत गर्न चाहन्छु ।

राजपुर गाउँपालिकाको आ.ब. २०८१/०८२ मा बिनियोजन भएको कूल बजेट ६६ करोड ४८ लाख ८० हजारमध्ये हालसम्म चालुतर्फ ६०.५५ प्रतिशत, पूँजिगततर्फ २८.१७ प्रतिशत र समग्रमा ४७.७४ प्रतिशत खर्च भएको देखिन्छ । उक्त खर्च चालु आ.ब.को अन्त्यसम्ममा करिव ७५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । चालु आ.ब.मा कूल आम्दानी हालसम्म ३४ करोड ९१ लाख ३१ हजार सय अर्थात् ५३ प्रतिशत मात्र प्राप्त भएको छ । आन्तरिक राजश्वतर्फ २० करोड ३८ लाख प्रक्षेपण गरेकोमा १३ करोड ७९ लाख ४४ हजार (६७ प्रतिशत) मात्र आम्दानी भएको छ ।

 सभाध्यक्ष महोदय,

अब म आगामी आ.ब. को आय-ब्ययको अनुमान प्रस्तुत गर्न चाहन्छु । आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु. ६० करोड २४ लाख ६५ हजार आठसय चार रुपैयाँ विनियोजन गरेको छु। आगामी आ.ब.को लागि अनुमान गरिएको खर्च ब्यहोर्ने श्रोतमध्ये,

गाउँपालिकाको आन्तरिक राजश्वबाट करोड ७७ लाख १७ हजार र चालु आ.ब.मा खर्च नभइ बाँकी रहने अनुमानीत रकम (मौज्दात अ.ल्या.) बाट रु. करोड ३३ लाख ६४ हजार गरी जम्मा रु. करोड १० लाख ८१ हजार आन्तरिक श्रोतबाट ब्यहोरिने छ ।

त्यसैगरी संघिय सरकारबाट प्राप्त हुने समानीकरणतर्फ रु. ११ करोड २५ लाख, राजश्व बाँडफाँडतर्फ रु. १५ करोड ८८ लाख ४१ हजार, शसर्त अनुदानतर्फ रु. २० करोड ६९ लाख ६५ हजार सय , समपुरक अनुदानतर्फ रु. ७० लाख, विशेष अनुदानतर्फ रु. करोड २७ लाख गरी जम्मा रु. ४९ करोड ८० लाख हजार ८ सय ४ रुपैयाँ ब्यहोरिने छ ।

प्रदेश सरकारबाट प्राप्त हुने समानीकरणतर्फ रु. ७२ लाख ३० हजार, राजश्व बाँडफाँडतर्फ रु. करोड ५६ लाख ४८ हजार, सशर्त अनुदानतर्फ रु. करोड १० लाख, समपुरक अनुदानतर्फ रु. ७५ लाख, विशेष अनुदानतर्फ रु. २० लाख गरी जम्मा रु. करोड ३३ लाख ७८ हजार ब्यहोरिने छ ।

कूल बजेटमध्ये चालुतर्फ ४१ करोड ११ लाख ६३ हजार ८ सय ४ (६८ प्रतिशत) र पूँजिगतर्फ १९ करोड १३ लाख हजार (३२ प्रतिशत) बिनियोजन गरेको छु । अन्य संघ संस्थाबाट र प्रदेश सरकारबाट पछि प्राप्त हुने बजेटलाइ प्राप्त भएपछि समावेश गरी बजेटको एकीकृत रुप तयार गरिनेछ ।

यस सभाका अध्यक्ष  तथा उपस्थित सभासदस्यज्यूहरु,

अव म आगामी वर्षको प्राथमिकता प्राप्त क्षेत्रगत कार्यक्रमको विनियोजन प्रस्ताव प्रस्तुत गर्न चाहान्छु ।

आर्थिक विकास :

व्यवसायिक कृषि तथा पशुपालनको क्षेत्रलाई क्रमशः व्यवसायीकरण गर्न, लागत साझेदारीमा कृषि तथा पशु विकासमा आधारित साना किसान यूवा उद्यमशिलता विकास परियोजना कार्यक्रम र उद्योग, बजार व्यवस्थापन र पर्यटन प्रवर्धन गरी आयआर्जन वृद्धि गर्न, सिचाई क्षेत्रको विकास र विस्तार गर्न, भूमिहीन सुकुम्वासी र दलित, अव्यवस्थित वसोवासीलाई आगामी आ.व. मै लालपूर्जा वितरण गर्ने व्यवस्था मिलाउने, सामी कार्यक्रमको माध्यमबाट बैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाने जस्ता कार्यक्रको लागि आर्थिक विकासतर्फ करोड १२ लाख ९३ हजार बजेट विनियोजन गरेको छु ।

सामाजिक विकास :

१. शिक्षातर्फ

  • सबै बालबालिकालाई निशुल्क गुणस्तरीय र सर्वसुलभ तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने गाउँ शिक्षा नीति रहेको छ।त्यस्तै खेलकुदको विकास स्वस्थ जीवनको आधार भन्ने मान्यतालाई ध्यानमा राखी खेलकुदको विकासमा उच्च महत्व दिइ गाउँपालिकास्तर अध्यक्ष तथा उपाध्यक्ष कप लगायत खेलकुद प्रतियोगिताको आयोजना गरी खेलकुदमा विकासकोमा जोड दिइनेछ । शिक्षा तथा खेलकुदको समग्र क्षेत्रको विकासको लागि रु. करोड ८५ लाख बजेट विनियोजन गरेको छु ।

२. स्वास्थ्यतर्फ

आधारभूत स्वास्थ्यमा सबै जनताको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ विभिन्न स्थानमा नियमित रुपमा स्वास्थ्य सेवाहरु सञ्चालन गर्न साथै गाउँपालिका वासीलाई प्रदान गरिने स्वास्थ्य सेवालाई व्यवस्थित गरी थप गुणस्तरिय र प्रभावकारी वनाउन, आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती, सुत्केरी तथा जोखिममा रहेका महिलाहरुको लागि सुरक्षा, संरक्षण र विकासको जस्ता कार्यक्रम संचालन गर्न स्वास्थ्यतर्फ रु.९१  लाख ५० हजार बजेट विनियोजन गरेको छु ।

३. लैंगिक समनाता तथा सामाजिक समावेशिकरणतर्फ

जेष्ठ नागरिक, समाजमा पछि परेका महिला, दलीत, मुस्लीम, जनजाती तथा अपाङ्गहरुको समविकास गरी न्यापूर्ण समाजको विकास गर्न आयआर्जन, सशक्तिकरण तथा सवलिकरण जस्ता कार्यक्रम संचालनको लागि लैङ्गिक उत्तरदायि बजेट तर्फ रु. ६३ लाख  बजेट व्यवस्था गरेको छु ।

४. खानेपानी तथा सरसफाईतर्फ

सम्पूर्ण राजपुरवासीलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउन साथै स्वच्छ, सफा र सुन्दर गाउँपालिका निर्माण गर्ने अभियानलाई सार्थक तुल्याउनका लागि प्रयाप्त बजेट व्यवस्था गरेको छु।

५. भाषा, संस्कृति तथा  सामाजिक सुरक्षातर्फः

राजपुरको पहिचानको रुपमा भाषा तथा संस्कृतिको संरक्षण गर्न ताथा सामाजिक सुरक्षाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

६. पूर्वाधार विकासः

  • दाङको विकट र ठूलो भूगोल ओगटेको यस गाउँपालिकालाई सुगम र जनजीवन सरल बनाउन यातायातको ठूलो महत्व रहेको सन्दर्भमा गाउँपालिका सबै क्षेत्रमा बाटो विस्तार सुधार, विभिन्न आयोजनाको संभाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार गरी सुधार स्तरोन्ती गर्न तथा शहरी विकास र गाउँगाउँमा विद्युत विस्तार गर्न पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखी यस तर्फ रु. १३ करोड ८९ लाख ४८ हजार बजेट विनियोजन गरेको छु ।
  • पूर्वाधार विकासमा देखिनलायक र उल्लेखनीय कार्य गर्नको लागि स्थानीय पूर्वाधार विकास कोषसंगको साझेदारीमा विभिन्न योजनामा कार्यक्रममा लगानी गर्ने व्यवस्था मिलाएको छु। यसको लागि गाउँपालिकाको लागत सहभागिता सहित जम्मा रु.करोड ६४ लाख बजेट विनियोजन गरेको छु ।

७. वन वातावरण तथा विपद् व्यवस्थापनः

  • विभिन्न प्रकोपहरुबाट नागरिकहरुलाई बचाउन तथा वन वातावरणको व्यवस्थापन गर्न अति आवश्यक भएको हुँदा विपद् व्यवस्थापन कोषतर्फ रु. करोड ९४ लाख हजार बजेट विनियोजन गरेको छु ।

८. सुशासन तथा संस्थागत विकासः

  • कार्यालयको संस्थागत क्षमता विकास गर्न, सूचना प्रविधि लगायतका उपकरणको व्यवस्था गरी कार्यालयबाट हुने कामलाई चुस्त दुरुस्त बनाउन प्रयास गरिएकोछ ।पारदर्सिता अभिबृद्धि तथा वित्तिय जोखिम न्यूनिकरण गर्न, सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण जस्ता सुशासनका औजारहरुको प्रयोगलाई कसिलो र व्यापक बनाइनेछ।
  • विकास निर्माण कार्यलाई पारदर्सी र व्यवस्थित बनाउन, विभिन्न कानून तथा दस्तावेज निर्माण गर्ने कार्यलाई निरन्तरता दिदै आगामी वर्ष पनि आवश्यक कानूनहरु बनाउने, विभिन्न सफ्टवयरहरु जडान गर्न, न्यायिक काम कारवाहीलाई छिटो छरितो सरल, सहज र कम खर्चिलो हुने गरी सम्पादन गर्न, समाजमा हुने विवादलाई मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न, कर्मचारी प्रशासनलाई जवाफदेही, उत्तरदायी, प्रतिस्पर्धी र उत्प्रेरित गर्न कर्मचारीको मनोबल उच्च बनाउन गाउँपालिकाको काम कारबाही प्रकृयालाई चुस्त, दुरुस्त, मर्यादित बनाउन प्रोत्साहन गर्न, राजश्व प्रशासनलाई सुदृढ बनाउन, वित्तिय सुशासन कायम गर्ने लगायतका सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रका लागि करिव रु. १४ करोड  ०४ लाख ४५ हजार बजेट विनियोजन गरेको छु ।

गाउँसभाका अध्यक्षज्यू,

  • आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्न बनेको बिनियोजन बिधेयक २०८२ र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक बिधेयक २०८२ सम्मानित सभा समक्ष पेश गरेको छु ।
  • प्रस्तुत बजेटको कार्यान्वयनबाट शिक्षा क्षेत्रको अवस्थामा क्रमशः सुधार हुदै जाने, कृषि पेशालाई सम्मानित पेशाका रुपमा स्थापित गर्न बल पुग्ने, पालिकावासीको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित हुने, गरिब घर परिवार एवं बेरोजगार युवा युवतीको आयआर्जन गर्ने क्षमता बृद्बि हुने, गाउँमा उपलब्ध स्रोत साधनको अत्यूत्तम उपयोगबाट सबै क्षेत्रको दिगो एवं सन्तुलित विकास भई आर्थिक उन्नतिमा टेवा पुग्ने, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता अभिवृद्बि हुने र बञ्चितिमा परेका वर्ग, क्षेत्र, समुदाय, समूहहरुको विकासमा मूल प्रवाहीकरण भई समावेशिताको प्रवर्द्बनको माध्यमबाट समुन्नत र न्यापूर्ण समाजको विकास हुने बिश्वाश लिएको छु ।

सभाअध्यक्ष महोदय,

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत आय-व्ययको प्रस्ताव गाउँपालिकाको विकासको एउटा खाकामात्र हो यो खाका राजपुर गाउँपालिकाको एक्लो प्रयासबाट मात्र सम्भव हुने छैन। बजेट कार्यान्वयनमा संघ तथा प्रदेश सरकार, गाउँपालिकावासी, आमाबुवा, दिदीबहिनी, दाजुभाई गैर सरकारी संघ संस्था, राजनितिक दल, नागरिक समाज, संचार जगत लगायत सबै तह र तप्काबाट साथ, सहयोग र सहकार्य र पुग्ने विश्वास लिएको छुञ।

अन्त्यमा बजेट तर्जुमा गर्ने क्रममा मार्ग निर्देश तथा सहयोग गर्नुहुने गाउँपालिका अध्यक्षज्यू, सचिवज्यू, विषयगत समितिका संयोजक एंव सदस्यज्यूहरु, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, कर्मचारीज्युहरु, नागरिक समाज, पेशाबिद् बुद्बिजिबी, संचार जगत लगायत सम्पूर्ण गाउँपालिका वासीहरुमा धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछु ।

धन्यावाद !

 

            इति सम्वत् २०८२ साल आषाढ १० गते रोज ३ मा शुभम् ।

 

 

प्रस्तुतकर्ता

धनपतिदेवी यादव

गाउँपालिका उपाध्यक्ष

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे