राप्ती गाउँपालिकाद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड बढीको बजेट प्रस्तुत

भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड बढीको बजेट प्रस्तुत गरेको छ । मंगलवार पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनबाट गत बर्ष भन्दा यो वर्ष ५ करोड ले बजेट घटेर आएको हो । गत बर्ष ६८ करोड ५९ लाख ७४ हजार बिनियोजन गरिएको थियो । आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि कुल ६३ करोड ६१ लाख ३१ हजार ५ सय २४ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमा वित्तिय हस्तान्तरणबाट प्राप्त हुने अनुदान ४२ करोड ९३ लाख ७५ हजार र राजश्व तर्फ २० करोड ६७ लाख ५६ हजार ५ सय २४ अनुमान गरिएको छ ।
जसमा संघीय अनुदान तर्फ ३९ करोड ९१ लाख र प्रदेश अनुदान तर्फ ३ करोड २ लाख ७५ हजार अनुमान गरिएको छ । त्यस्तै संघीय राजश्व बाँडफाँडबाट प्राप्त हुने आय तर्फ १३ करोड ३ लाख ७८ हजार ५ सय २४ रुपैयाँ र. प्रदेश राजश्च बाँडफाँडबाट .१ करोड १३ लाख ७८ हजार रुपैयाँ, स्थानीय राजश्व वाँडफाँडबाट ३ करोड र आन्तरिक आयवाट ३ करोड ५० लाख आय अनुमान गरिएको छ ।