नेपाल सि.एम.ए.संघ दाङले बुझायो लुम्बिनीका स्वास्थ्य मन्त्री सारुलाई ज्ञापन—पत्र



नेपाल सि.एम.ए.संघ दाङले बुझायो लुम्बिनीका स्वास्थ्य मन्त्री सारुलाई ज्ञापन—पत्र

देउखुरी ८ असार । स्वास्थ्यकर्मीको विद्यमान समस्या र समाधानको माग सहित नेपाल सि.एम.ए.संघ दाङले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुलाई ज्ञापन—पत्र बुझाएको छ । संघका दाङ जिल्ला अध्यक्ष गिरीराज अधिकारी नेतृत्वको कार्य समितीले उक्त माग सहितको ज्ञापन—पत्र आज आइतबार स्वास्थ्य मन्त्री सारुलाई बुझाएको हो ।

संघले स्वास्थ्य क्लिनिकहरुलाई निर्वाध रुपमा सञ्चालन गर्न आवश्यक वातावरण मिलाउन प्रदेश सरकार संग माग गरेको छ । बजार अनुगमनका नाममा स्वास्थ्यकर्मीहरुलाई पक्राउ गर्ने, मुद्दा नचलाउन, बिना कारण मेडिकल तथा क्लिनिकहरु शिल नगर्न र स्वास्थ्यकर्मीहरुलाई अपमानजनक ब्यबहार नगर्न नगराउन समेत संघले प्रदेश सरकार संग जोडदार माग गरेको छ । साथै संघले क्लिनिक तथा मेडिकलहरु बिगतमा जस्तै सञ्चालन गर्ने वातावरण सहज बनाउन समेत माग गरेको छ ।

हाल सञ्चालनमा रहेका पारामेडिक्सहरुको प्राथमिक उपचार केन्द्रलाई यथावत सञ्चालनको लागि प्रदेशस्तर तथा स्थानिय तह वा स्वास्थ्य ऐनमा समावेश माग गरेको छ । त्यस्तै पारामेडिक्सले कोड इथिक्समा रही निर्वाध रुपमा उपचार केन्द्र सञ्चालन गर्न पाउने गरी व्यवस्था मिलाउन र आवश्यक पहलका लागि सम्बन्धित निकायमा पत्रचार गरिदिन अनुरोध गरेको छ । त्यस्तै संघले स्थानीयतह तथा कार्यालयनहरुमा दर्ता भई आएका उपचार केन्द्र नामसारी र ठाउँ सारी गर्न पाउने व्यवस्था मिलाउनका लागि आवश्यक पहल गरिदिन समेत माग गरेको छ ।

ज्ञापन—पत्र बुझ्‌दै स्वास्थ्यमन्त्री सारुले नेपाल सि.एम.ए.संघ दाङले राखेका माग प्रति प्रदेश सरकार सकरात्मक रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा निजी क्लिनिकहरुले पुर्‍याएको योगदानको चर्चा गर्दै स्वास्थ्यमन्त्री सारुले माग सम्बोधनका लागि सरकारले अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै नेपाल सि.एम.ए.संघ दाङले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टलाई समेत ज्ञापन—पत्र बुझाएको छ । संघले स्थानीयतहलाई समेत स्वास्थ्य सम्बन्धि कानुन बनाएर स्वास्थ्य क्लिनिकलाई उचित व्यवस्था गर्न माग गरेका थिए । ज्ञापन—पत्र बुझ्दै अध्यक्ष बिष्टले सि एम ए संघ मा दर्ता भई संचालित स्वास्थ्य क्लिनिक निर्बाध रूपमा संचालन गर्न स्थानीय निकायको स्वास्थ्य एन जारी बिषयमा आफू सकरात्मक रहेकाे बताए ।

संघका अध्यक्ष गिरीराज अधिकारीको नेतृत्वमा ज्ञापन—पत्र बुझाउन जानेहरुमा संघका सल्लाहकारहरु इश्वरीप्रसाद अधिकारी, जिबराज चौधरी, मुकेशकुमार बुढाथोकी, संघका सचिव सुदर्शन आचार्य, कोषाध्यक्ष रोमहर्ष केसी र सह—सचिव फनिराम पाण्डेय लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

यो हेर्नुस् ज्ञापन—पत्र…

नेपाल सरकारले स्वास्थ्य शिक्षालाई रोजगार मुलुक र सेवामुखी बनाउन निजीकरण गरे पश्चात लाखौंको संख्यामा सि.एम.ए.हरुको उत्पादनमा आएको संख्यात्मक वृद्धिका कारण सि.एम.ए/अ.हे.व कोर्ष उतिर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा सि.एम.ए. तृतिय तहमा स्थायी दर्ता भएकाहरुको संख्या करीब एक लाख रहेको तथ्याङ्क परीषदको अभिलेखमा स्पस्ट नै छ । नेपाल सरकारले स्वास्थ्य शिक्षालाई रोजगार मुलक र सेवामुखि बनाउन निजिकरण सि.एम.ए./अ.हे.व. कोर्ष उतिर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा सि.एम.ए. तृतिय तहमा स्थायी दर्ता भएकाहरुको संख्या करिब एक लाख रहेको तथ्याङ्क परिषदमा भने दर्ता गर्न बाँकी र अस्थायीहरुको संख्या उल्लेखनिय नै छ । यसरी व्यावसायीक शिक्षा आर्जन गरेको सि.एम.ए./अ.हे.ब. हरुले नेपाल सरकारको स्वस्थ्य सेवामा सेवा गर्ने नभए आफ्‌नै योग्यता र क्षमता अनुरुप निजि क्षेत्रबाटै सेवा प्रदान गर्दै आत्मनिर्भर हुने सपना राखेतापनि स्वास्थ्य मन्त्रालयले सो सम्बन्धी स्पष्ट निति तय नगरेकै. कारण सि.एम.ए./अ.हे.व.हरुको भविश्य अन्धकार रहेको तितो यथार्थ रहेको छ । उपयुक्त अवस्थामा पेशागत हकहित संरक्षणको निम्ति देशभरका शिक्ष लिएका प्रविधिक जनशक्तीलाई संगठित गरी आफ्‌नो व्यवसायीक हकहितका लागि साथै नेपाली नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै व्यवासयीक आत्मनिर्भर गराउने उद्देश्यले सरकारी, गैर सरकारी निजि क्षेत्र तथा वेरोजगारी सि.एम.ए./अ.हे.व.हरुको अनुरोध र माग बमोजिम मिति २०६०/०५/२५ गते नेपालको संविधान कानुनको अधिनमा रहि नेपाल सि.एम.ए. संघको केद्रिय कार्यालय सुदुरपश्चिमाञ्चल अत्तरिया कैलालीमा रहनेगरी संघको स्थापना भएको र हाल सम्म देशका ६८ जिल्लामा संगठन विस्तार गरी करिव ३५ हजार सि.एम.ए.हरु यस संस्थामा सदस्य रहेको व्यहोरा माननिय प्रदेश स्वास्थ्य मन्त्री ज्यू / प्रदेश स्वास्थ्य निर्देशक ज्यू, प्रदेश स्वास्थ्य सचिव ज्यू समक्ष अनुरोध गर्दछौं

नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन २०५३ को दफा ९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी परिषदको मिति २०६१/०२/२७ को निर्णय अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद, नियमावली २०५६ को नियम १३ ले व्यवस्था गरेको पेशागत आचरणको अलावा -(specific code of Ethics – Roles & Responsibilities of different levels of registered health professionals) मिति २०६२/०५/०१ देखि लागु गरी सकिएको र परिषदमा नाम दर्ता गरेका (CMA HA /Lab technician/Lab Assistant) ले गर्ने कार्यहरु विषयगत code of ethics मा उल्लेख भएको साथै सम्बन्धीत विषयका दर्तावाल स्वास्थ्य व्यवसायीले तत विषयको आचार संहिताको परिधी भित्र रही सोझै अभ्यास गर्न पाउने व्यबस्था गरिएको, त्यस्ता private practice गर्ने दर्तावाल स्वास्थ्य व्यबसायीको नाममा स्वास्थ्य व्यवसायी परिषदबाट जारी भएको प्रमाणपत्रको आधारमा क्लिनिक सम्बन्धीत कर कार्यालयमा दर्ता गरी कारोबार अनुसार कर निर्धारण गरी करको दायरामा ल्याउन सकिने र चिकित्सा विषय समिति अन्तरगत विभिन्न तहमा नाम दर्ता हुने स्वास्थ्य व्यवसायीहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदको अयमभ या भतजष्अक को पुर्ण पालना गरी कार्य गर्नुपर्ने नेपाल सरकार सचिव स्तरबाट २०६२/०४/०७ को परिपत्रको आधारमा निजी स्वास्थ्य क्लिनिकमा सञ्चालन गर्दै आएकाहरुको संख्या देशभरी करिब २०,००० रहेको र लुम्बिनी प्रदेश भित्र करिव ५,००० क्लिनिकहरुले सेवा दिदै आईरहेको कुरा समेत अनुरोध गर्दछौं । परिषदले दिएको व्यवसायी प्रमाणपत्रको बेवास्ता गरी सञ्चालित क्लिनिकलाई हाल आएर औषधी व्यवस्था विभाग, स्थानिय पालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले अनुगमनको नाममा स्वास्थ्य क्लिनिकलाई सञ्चालन गर्न नदिई विभिन्न बहानामा हिरासतमा लिने, मुद्धा चलाउने, अपमानजनक व्यवहार गर्ने, क्लिनिक शिल गर्ने जस्ता कार्य गरी समुदाय स्तरमा रहेका जनताको स्वास्थ्य अधिकार कुण्ठित गर्ने जस्तो व्यबहार भईरहेकोले अविलम्ब यस्ता क्रियाकलाप बन्द गरी घरदैलोमा नै स्वास्थ्य क्लिनिकबाट सेवा पाउने वातावरण मिलाउन प्रदेश स्तरिय स्वास्थ्य सेवा ऐन समावेश गरिदिनुहुन सादर अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे