स्माईल डेन्टल क्लिनिक भालुवाङद्धारा गोवरडिया स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर

देउखुरी ८ असार । दाङको देउखुरीको गढवा गाउँपालिका वडा नम्बर–१ मा रहेको गोवरडिया स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर–१ भालुवाङ रहेको स्माईल डेन्टल क्लिनिकले आफ्नो स्थापनाको २० वर्ष पुगेको अवसरमा गढवा र राप्ती गाउँपालिकामा तीन दिने निशुल्क दन्त शिविर र निशुल्क प्लाष्टिक सर्जरी स्क्रिनिङ शिविर गर्नेे क्रममा आइतवार पहिलो दिन गोवरडिया स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । शिविरमा ६० जना बिरामीको मुखको स्वास्थ्य परिक्षण गरिएको थियो । सेवा लिन आएका मध्ये अधिकांशमा दाँतमा किरा लागेको र गिजा सम्बन्धी समस्या देखिएको उपचारमा संलग्न डेन्टल डा. रक्षा कार्कीले बताइन् ।
उक्त समस्या आउनुमा बिरामीहरुले नियमित ब्रस गर्ने बानी नहुनु, मुख स्वास्थ्यको महत्वबारे चेतनाको कमि भटिएको डा. कार्कीले बताइन् ।
दाँत, मुख, गिजाँ अस्वस्थ्य भए समग्र स्वास्थलाई नै नराम्रो हुने र समस्या भइहाल्यो भने पनि यसको उपचार खर्चिलो हुने भएकोले यस्ता शिबिरहरुले आम नागरिकहरुमा मुख स्वास्थ्यको महत्व बुझ्ने र समयमै निदान भए आउन सक्ने जटिलता कम हुने र उपचारमा आर्थिक भर कम पर्ने स्वस्थ्यकर्मी कृष्ण श्रेष्ठले बताए । स्माईल डेन्टल क्लिनिककी सञ्चालक बृहस्पति श्रेष्ठले आइतवार शिविर सञ्चालन गर्न सहयोगी भुमिका निभाएको भन्दै गोबरडिया स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब अधिकृत खुमानन्द भट्टराई, शिव बुढा र कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीलाई बिशेष धन्यवाद दिएकी थिइन् ।
त्यस्तै शिविर असार ९ गते सोमबार गढवा गाउँपालिका–१ कालाकाटे स्वास्थ इकाई र असार १० गते मंगलवार लालमटिया स्वास्थ इकाई लालमटियामा हुने क्लिनिककी सञ्चालक श्रेष्ठले बताइन् । क्लिनिकले गत जेठ ३० र असार १ गते सरुमारानी गाउँपालिकामा २ दिने निशुल्क दन्त शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा करिब २ सय ५० जनाले सेवा लिएका थिए । आम नागरिकहरुमा दन्त स्वास्थ्यको जनचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको स्वास्थ्यकर्मी कृष्ण श्रेष्ठले बताए ।