देउखुरीकाे हंशेस्वर प्राबि भगवानपुरका अध्यक्ष सम्सादले दिएकाे राजिनामा अस्वीकृत



देउखुरीकाे हंशेस्वर प्राबि भगवानपुरका अध्यक्ष सम्सादले दिएकाे राजिनामा अस्वीकृत

देउखुरी ८ असार । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-६, भगवानपुरमा रहेकाे हंशेस्वर प्राथामिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सम्साद अलि खानले दिएकाे राजिनामा अस्वीकृत भएकाे छ । आज आईतबार अभिभाबक भेला सहित बसेकाे विद्यालय व्यवस्थापन समितीकाे बैठकले उक्त राजिनामा अस्वीकृत गरेकाे हाे ।

अध्यक्ष सम्सादले गएकाे जेष्ठ १३ गते अध्यक्ष पदबाट राजिनामा दिएका थिए । राप्ती गाउँपालिकाले हालै गरेकाे शिक्षक दरबन्दी मिलानप्रति चरम असन्तुष्टि देखाउँदै अध्यक्ष सम्सादले पदबाट राजिनामा दिएका थिए । पालिकाले आफूहरू संग कुनै प्रकारकाे सल्लाह नै नगरी मनपरी ढंगले शिक्षकहरूकाे दरबन्दी मिलान गरेकाे भन्दै अध्यक्ष पदमा रहेर काम गर्ने वातावरण नरहेकाे बन्दै राजिनामा दिए ।

विद्यालय व्यवस्थापन समितीका जेष्ठ सदस्य जगतनारायण चाैधरीकाे अध्यक्षतामा अभिभाबक भेला सहित विद्यालय व्यवस्थापन समितीकाे सम्पन्न बैठकले अध्यक्ष सम्साद अलि खानकाे राजिनामा अस्वीकृत गर्ने निर्णय गरेकाे विद्यालयका सल्लाहकार बामदेव चाैधरीले जानकारी दिए । अध्यक्ष सम्सादले आफ्नाे कार्यकालकाे ६ महिना मै विद्यालयकाे मुहार फेरिने गरी काम गरेकाे भन्दै यस्ताे व्यक्ति विद्यालयका लागि आवश्यकता रहेकाे ठहर गर्दै हामीले राजिनामा अस्वीकृत गरेकाे बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितीका सदस्य नेत्रप्रसाद चाैधरीले पनि अध्यक्ष सम्सादका कारण नै छाेटाे समयमा विद्यालय देख्न लायक भएकाे सबै अभिभाबककाे ठहर रहेकाेले नै राजिनामा अस्वीकृत गर्दै उनलाई नै पुर्नबहाली गराउने तयारी गरिकाे बताए । अध्यक्ष सम्साद कै कारण विद्यालयमा पछिल्लाे समय अभिभाबक र विद्यार्थीकाे आकर्षण बढेकाे बताए । सम्साद याे विद्यालयका लागि आवश्यक व्यक्ति हाे, त्यसैले उनलाई नै अध्यक्षमा पुर्नबहाली गराउने गरी निर्णय भएकाे छ, सदस्य चाैधरीले बताए ।

गएकाे मंसिर ७ गते सम्पन्न अभिभाबक भेलाबाट सम्साद अलि खान विद्यालय व्यवस्थापन समितीकाे अध्यक्षमा सर्वसम्मत चयन हुनु भएकाे थियाे । उनले आफ्नाे कार्यकालकाे छाेटाे समयमा विद्यालयकाे भवन मर्मत सम्भार, रंगराेगन गर्ने देखि लिएर यस शैक्षिक-सत्र देखि कक्षा १ देखि कक्षा ५ सम्म अँग्रेजी माध्यमबाट पठनपाठन शुरू भएकाे छ । त्यस्तै अध्यक्ष सम्साद कै कार्यकालमा विद्यालय परिसरमा झुला देखि बाल उद्धान राख्ने र विद्यालय परिसरमा फुल राेपण गरेर विद्यालय परिसर सुन्दर बनाउने काम समेत भएकाे छ ।

सम्साद विद्यालय व्यवस्थापन समितीकाे अध्यक्ष भएकाे छाेटाे समयमा विद्यालयकाे मुहारै फेरिने गरी काम गरेकाे देख्दा विद्यालयमा अध्यापनरत शिक्षिकशिक्षिका सहित विद्यार्थी र अभिभाबक समेत दंङ्ग परेका छन् । सम्साद एउटा यस्ताे उदाहरणीय विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हुन्, जसले आफ्नाे कार्यकालकाे ६ महिना मै परिणामुखि मात्र नभई देख्न र गर्व गर्नलायक काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे