राप्तीमा चोरीको घटना नियन्त्रणमा आउन सकेन : ४ नम्बर वडाका ३ घरबाट नगद र जिन्सी सामाग्री चोरी



राप्तीमा चोरीको घटना नियन्त्रणमा आउन सकेन : ४ नम्बर वडाका ३ घरबाट नगद र जिन्सी सामाग्री चोरी

भालुवाङ ३ असार । दाङको राप्ती गाउँपालिकामा पछिल्लो समय चोरीको घटना अत्यधिक बढ्न थालेको छ ।

प्रहरीले सुरक्षा गस्ती बढाएको भने पनि चोरीका घटना नियन्त्रणमा आउन सकेको छैन् । यसै बीच सोमबार राती राप्ती गाउँपालिका वडा नम्बर ४ को विभिन्न टोलका ३ वटा घरबाट नगद र जिन्सी सामग्री चोरी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका- ४ श्रीनारायण चोक बस्ने बिमल उपाध्यायको घरमा घरको मुल ढोकाको ताला फोडी दराजमा राखेको अन्दाजी नगद ३/४ र नक्कली गरगहना चोरी भएको छ । घरमा कोही नभएको माैका छोपि चोरले चोरी गरेको बताइएको छ ।

त्यस्तै सोही वडाकै नयाँगाउँ बस्ने श्रीबहादुर भुसालको किराना पसलको पछाडीको ढोकाको ताला फोडी किराना पसलमा रहेको अन्दाजी ५ हजार ५ सय नगद, खुकुरी चुरोट ४ प्याकेट, शिखर आईस चुरोट ४ प्याकेट चोरी भएको र एटलस साइकल घर देखि ५ सय मिटर टाढा खेतमा छोडेर गएको छ । किराना पसल पछाडीको घरमा सबै सुतेको अवस्थामा चोरी भएको प्रहरीले बताएको छ ।

त्यस्तै सोही वडाकै पिपरखुट्टी बस्ने बसन्ती नेपालीको घरमा भेन्टिलेसनबाट ढोकाको चुकुल खोली मानिस नसुत्ने कोठामा रहेको सुटकेशमा राखेको नगद २५ हजार र खुत्रुकेमा रहेको ८/९ हजार रूपैयाँ चोरी भएको प्रहरीले बताएको छ । चोरीमा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे