दाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि तुलसीपुरले जित्याे
दाङ १७ जेठ । दाङ जिल्ला स्तरीय पन्ध्राै राष्ट्रपति रनिङ शिल्डकाे उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेकाे छ । राष्ट्रपति रनिङ शिल्ड २०८१ को जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तुलसीपुरले हासिल गरेको छ। तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डी रङ्गशालामा जेठ १५ गते देखि सुरु भएकाे थियाे ।
प्रतियोगितामा विभिन्न १० स्थानीय तहका खेलाडीहरूले भाग लिएका थिए । तुलसीपुरले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको हो। मेडल तालिकामा तुलसीपुरले ३२ स्वर्ण, २२ रजत र २२ कास्य गरी जम्मा ७६ पदक जित्न सफल भयो । दोस्रो स्थानमा घोराही उपमहानगरपालिकाले २० स्वर्ण, १६ रजत र १६ कास्यसहित ५२ पदक प्राप्त गर्यो। त्यस्तै, तेस्रो स्थानमा शान्तिनगर गाउँपालिकाले ५ स्वर्ण, ६ रजत र १४ कास्य गरी २५ पदक हात पा¥यो। प्रतियाेगितामा राप्ती गाउँपालिकाले ३ स्वर्ण, १० रजत र ८ कास्य सहित २१ पदक , गढवा गाउँपालिकाले २ स्वर्ण, ४ रजत र १० कास्य गरी १६ पदक प्राप्त गर्यो। छैटौँ बंगलाचुली गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ३ कास्य सहित ८ पदक, बबई गाउँपालिकाले १ स्वर्ण, ३ कास्य गरी ४ पदक, राजपुर गाउँपालिकाले १ स्वर्ण, १ रजत सहित २ पदक, दंगीशरण गाउँपालिकाले ३ कास्य गरी ३ पदक र लमही नगरपालिकाले ३ रजत र १२ कास्य सहित १५ पदक हात पारेको छ। प्रतियोगितामा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान गरिएको छ।
दाङ जिल्ला खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियारकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा एवम् लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गाैतम विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएकाे हाे ।
