सूर्तिजन्य पदार्थ सेवनले नसर्ने रोग बढ्दै : कानुन बन्छ, कार्यान्वयन हुँदैन
भालुवाङ १७ जेठ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग बढ्दै गएको छ । क्यान्सर, मुटु, फोक्सो, मिर्गौला लगायतमा देखिने समस्या प्रायः सूर्तिजन्य पदार्थको सेवनले हुने गरेको बताइएको छ ।
‘सुर्ती उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ भन्ने मुल नाराका साथ विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले शनिबार सितगंगा नगरपालिका-८ सातमारामा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले बताए । विश्व स्वास्थ्य संगठनले करको दर ७५ प्रतिशत पुर्याउने भनेता पनि नेपालमा ३४ प्रतिशतकै हाराहारिमा अल्झिएको छ । वार्षिक ३९ हजार बढी नेपालीको मृत्यु हुने सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि बनाइएको कडा कानूनको लागू गर्न सकेको छैन ।
स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुँवरले स्थानीय तहबाट ऐन कार्यान्वयन, प्रभावकारी अनुगमन, विद्यालय तथा समुदायस्थरमा व्यवहार परिर्वतन सम्बन्धी क्रियाकलाप संचालन, जनचेतना अभिवृद्धि, स्थानीय ऐन, नियम, निर्देशिका तर्जुमा मार्फत सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्नु पर्नेमा जोड दिए । अविकसित मुलुकहरुमा नै सूर्तिजन्य पदार्थको सेवन बढि हुने गरेको पाइन्छ। नेपालमा अधिकांश ग्रामीण क्षेत्र र विपन्न वर्गका मानिसहरुले नै सूर्तिजन्य पदार्थको सेवन अधिक गर्ने गर्दछन्। सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन २०६८ संशोधितले यसको प्रयोगलाई निधेष गर्नेतर्फ ध्यान दिएको छ।

सूर्तिजन्य पदार्थ ‘नियन्त्रण र नियमन गर्ने’ ऐन, २०६८ मा सार्वजनिक स्थलहरुमा कसैले पनि धुम्रपान गर्न नपाईने, १८ वर्ष मुनिका व्यक्तिले बेचविखन गर्न नपाउने, चुरोटको बट्टा मात्र बिक्रिवितरण गर्न पाउने, एक एक खिल्ली बिक्री गर्न नपाउने, विद्यालयको सय मिटर भित्र विक्री वितरण गर्न नपाउने रहेको छ । तर कतिपय अवस्थामा यसको अनुगमन हुन नसक्दा १८ वर्ष मुनिका बालबालिका तथा विद्यालय वरपर खुल्ला रुपमा बिक्री हुदै आएको छ । यसलाई सबै सरोकारहरुले विशेष ध्यान दिदै नियन्त्रण गर्नु पर्ने देखिन्छ । स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक अर्यालका अनुसार नेपालमा नसर्ने रोग बढ्नुको प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन नै प्रमुख रहेको बताए । उनले भने, ‘अशिक्षा, सामाजिक चेतनाको अभाव र राज्यले बनाएका ऐन कार्यान्वयनमा ध्यान नजाँदा यसको सेवन रोक्न सकिएको छैन।
यद्यपि पछिल्लो केही वर्षमा यसको प्रयोग त केही मात्रामा घटेको छ, तर यो पर्याप्त होइन।’ नेपालमा सूर्तिजन्य पदार्थ माथि लगाइएको कर अन्य देशको तुलनामा निकै कम छ। यस वर्षको बजेटमा पनि सरकारले कर वृद्धि गरेन, दक्षिण एसियामै नेपालमा सबैभन्दा कम कर लगाइएको छ। सरोकारवालाले यसको नियन्त्रणका लागि कर बृद्धि गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। नेपालमा विपन्न वर्गका मानिसहरुले नै यसको बढि प्रयोग गर्ने र स्वास्थ्य जोखिमका हिसाबले पनि यही वर्ग रहेका छन् । यसलाई घटाउन चेतनामा बढि जोड दिन जरुरी देखिएको छ’ अर्यालले भने, ‘दैनिक ज्यालादारी गर्नेहरुले दिनभरको थकान मेटाउने भन्दै सूर्तिजन्य पदार्थको सेवन गरेको पाइन्छ। दीर्घरोग पनि यस्तालाई नै बढि भएको देखिन्छ।’

सूर्तिजन्य पदार्थको सेवनले हुने क्षतिमा उनीहरुले उपचार पनि राम्रोसँग गर्न नपाउने अर्यालले बताए । सरकारले सूर्तिजन्य पदार्थबाट उठाएको करमा पनि जति स्वास्थ्य क्षेत्रका लागि आउनु पर्ने हो त्यति आउन नसकेको उनको भनाई छ। सरकारले नेपालमा सूर्तिजन्य पदार्थमा २७ प्रतिशत कर लिँदै आएको छ। यो करको दायरा दक्षिण एशियाली देशहरुको तुलनामा सबैभन्दा कम हो। सूर्तिजन्य पदार्थको सेवन घटाउन कर वृद्धि सबैभन्दा प्रभावकारी तरिका भएको र यसले सरकारको राजश्वमा समेत वृद्धि गर्न सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन्। त्यस्तै कार्यक्रममा सहभागीहरूले सुर्तीजन्य पदार्थ सेवनको नियमन गर्न आफू र आफ्नो घरपरिवारबाट, शिक्षा तथा स्वास्थ्य संस्थाबाट सुरूवात गर्न तथा जनचेतना फैलाउन आवश्यक रहेको सहभागी सरोकारवालाहरूले बताएका छन् ।
विश्वमा सुर्तीजन्य पदार्थ सेवनबाट करिव ८० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस मध्ये १३ लाख जतिले धुम्रपान नगरेपनि अरूले प्रयोग गरेको धुवाले मृत्यु हुने गरेको पाइएकाे छ । यस्तै नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट प्रत्येक वर्ष २७ हजार १ सय ३४ जनाको मृत्यु हुनेको गरेको छ। सन् २०१९ को राष्ट्रिय रोगभार प्रतिवेदन अनुसार नेपालमा कुल मृत्युको करिब ७१ दशमलव ७ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । नसर्ने रोगहरुमा करिव १८ प्रतिशत मृत्यु धुम्रपान सेवनबाट हुने गरेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक अर्यालले जानकारी दिए। त्यस्तै स्वास्थ्य निर्देशनालका अनुसार नेपालमा २८.९ प्रतिशतले सूर्तिजन्य पदार्थ, १७.१ प्रतिशतले धुम्रपानको प्रयोग गर्छन् । त्यस्तै प्रदेशको तुलना गर्ने हो भने लुम्बिनी प्रदेशमा सवै भन्दा बढी ३६.४ प्रतिशत र सवै भन्दा कम बागमती प्रदेशमा २२.९ प्रतिशतले सुर्तीजन्य प्रदार्थ सेवन गर्ने गरेको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय सूर्तिजन्य पदार्थको प्याकेटमा राखिने चित्रका कारण पनि केही कमी आएको छ । पछिल्लो समय सञ्चार माध्यमबाट भने सूर्तिजन्य पदार्थको विज्ञापन आउन छाडेको छ । यसको प्रयोगलाई पूरै निषेध नै गर्नु पर्छ सरोकारवालाहरूले बताएका छन् ।’ सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ तर अहिले पनि सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ बिक्री वितरण भइराखेको देखिन्छ । स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्णप्रसाद पौड्यालले सूर्तिजन्य पदार्थ ‘नियन्त्रण र नियमन गर्ने’ ऐन, २०६८ लाई टेकेर विद्यालय वरपर, सार्वजनिक स्थलहरुमा अनुगमन गरिने बताए।
स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक अर्यालले नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको कार्यान्वयनको अवस्था, प्रगति, समस्या, अवको प्राथमिकता, स्थानीय तहबाट भएका प्रयास र स्थानीय तहको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक अर्यालले नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको कार्यान्वयनको अवस्था, प्रगति, समस्या, अवको प्राथमिकता, स्थानीय तहबाट भएका प्रयास र स्थानीय तहको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। विश्व स्वास्थ्य संगठनले करको दर ७५ प्रतिशत पुर्याउन भनेतापनि नेपाल ३४ प्रतिशतकै हाराहारिमा अल्झिएको छ । वार्षिक ३९ हजार बढी नेपालीको मृत्यु हुने सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि बनाइएको कडा कानूनको लागू गर्न सकेको छैन । स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुँवरले स्थानीय तहबाट ऐन कार्यान्वयन, प्रभावकारी अनुगमन, विद्यालय तथा समुदायस्थरमा व्यवहार परिर्वतन सम्बन्धी क्रियाकलाप संचालन, जनचेतना अभिवृद्धि, स्थानीय ऐन, नियम, निर्देशिका तर्जुमा मार्फत सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्नु पर्नेमा जोड दिए ।

सूर्तिजन्य पदार्थ ‘नियन्त्रण र नियमन गर्ने’ ऐन, २०६८ मा सार्वजनिक स्थलहरुमा कसैले पनि धुम्रपान गर्न नपाईने, १८ वर्ष मुनिका व्यक्तिले बेचविखन गर्न नपाउने, चुरोटको बट्टा मात्र बिक्रिवितरण गर्न पाउने, एक एक खिल्ली बिक्री गर्न नपाउने, विद्यालयको सय मिटर भित्र विक्री वितरण गर्न नपाउने रहेको छ । तर कतिपय अवस्थामा यसको अनुगमन हुन नसक्दा १८ वर्ष मुनिका बालबालिका तथा विद्यालय वरपर खुल्ला रुपमा बिक्री हुदै आएको छ । यसलाई सबै सरोकारहरुले विशेष ध्यान दिदै नियन्त्रण गर्नु पर्ने देखिन्छ ।
कार्यक्रममा आदर्श नमुना मावि लालमटियाका प्रधानाध्यापक खेतुलाल पाैडेल, इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा स्थानिय जनप्रतिनिधि तथा कर्मचारी, होटल व्यवसायी, शिक्षक प्रतिनिधि, सरञ्चारकर्मी सुरक्षाकर्मी तथा संघसंस्थाहरु सँग अन्तक्रिया गरिएको थियाे । स्वास्थ्य निर्देशनालयका कन्सल्टेण्ड आयुर्वेद विज्ञ डाक्टर विभाकर ठाकुरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरतबहादुर कंवरले गरेका थिए ।

