राप्ती गाउँपालिकाको बराखुट्टीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु



राप्ती गाउँपालिकाको बराखुट्टीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु

भालुवाङ १७ जेठ । दाङको देउखुरीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका- ६ देउपुर घर भई हाल राप्ती गाउँपालिका- २ बराखुट्टी निवासी जोखनी कुमालको घरमा डेरा गरी बस्ने वर्ष ६५ की मनि घर्तिमगर रहेका छन् । शनिबार विहान ४:४५ बजेको समयमा १ तले पक्की घरको छतमा सुतेको अवस्थामा छतबाट खसेर घाईते भई उपचारको लागि लमही अस्पताल लगेकोमा उपचारको क्रममा विहान ६:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे