राप्ती चेम्बर अफ कमर्सले दीप प्रज्वलन गरेर मनायो गणतन्त्र दिवस
भालुवाङ १५ जेठ । १८ औँ गणतन्त्र दिवसका अवसरमा राप्ती चेम्बर अफ कमर्सले बिहिबार राप्ती गाउँपालिका ४ श्रीनारायण चाेक माैरीघाटमा दीप प्रज्वलन गरि मनाएको छ।
चेम्बरका अध्यक्ष बसन्त कुवर क्षेत्रीकाे अध्यक्षता एवं राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बीरबहादुर चाैधरीकाे प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश सदस्य शंकर गाैतम तथा निर्वतमान अध्यक्ष नेमलाल शर्मा (बेल्वासे)को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उद्योगी, व्यापारी, समाजसेवी विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र प्रहरीको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्
