१८ औं गणतन्त्र दिवसका अवसरमा राप्ती प्रेस मञ्चद्वारा सिसहनियाँमा दीप प्रज्वलन



१८ औं गणतन्त्र दिवसका अवसरमा राप्ती प्रेस मञ्चद्वारा सिसहनियाँमा दीप प्रज्वलन

भालुवाङ १५ जेठ । राप्ती प्रेस मञ्चले बिहिबार दाङ-देउखुरीकाे सिसहनियाँ बजारमा दीप प्रज्वलन गरेर १८ औँ गणतन्त्र दिवस मनाएको छ।

लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा क्रियाशील पत्रकारहरूको छाता संगठन राप्ती प्रेस मञ्चको आयोजना तथा सिसहनियाँ उद्योग वाणिज्य संघको समन्वय तथा सहयोगमा दीप प्रज्वलन गरेर गणतन्त्र दिवस मनाइएको हो । मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षता एवं राजनीतिकर्मी तथा साहित्यकार अहम्मद अब्दुल रहुबकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बाेल्ने वक्ताहरुले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै लोकतन्त्रको रक्षा, सुशासन र समावेशी विकासमा जाेड दिएका छन्। उनीहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आर्थिक समृद्धिको मार्गमा सबै नेपालीलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्। कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव मानसिंह बिक, सिसहनियाँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, सल्लाहकार जमिर शाहा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्ताेषकुमार गुप्ताकाे स्वागत तथा सदस्य विदुर एमसीले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमकाे सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे