बगर कृषि सहकारीद्वारा १८ जना कृषकलाई स्प्रे ट्याङकी र हजारी वितरण



बगर कृषि सहकारीद्वारा १८ जना कृषकलाई स्प्रे ट्याङकी र हजारी वितरण

सिसहनियाँ १४ जेठ । दाङको राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्थाले १८ जना कृषकहरूलाई विद्युतीय
स्प्रे ट्याङकी र हजारी वितरण गरेको छ ।

संस्थाद्वारा गठित १४ वटा आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन) कृषक समुहका १८ जना व्यवसायीक कृषकहरूलाई बुधबार सिसहनियाँमा एक कार्यक्रमका बीच इलेक्ट्रिक स्प्रे ट्याङ्की र ४२ जना व्यवसायीक कृषकलाई हजारी वितरण गरिएको छ ।  राप्ती गाउँपालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत संस्थाको आफ्नै लगानी गरि कुल ७८ हजार ७ सय ५० रूपैयाँ बराबर कृषि सामाग्री वितरण गरेको हो । सो सामाग्री संस्थाका अध्यक्ष सावित्री चाैधरीले वितरण गर्नु भएको हो । यी कृषि सामाग्रीहरूले कृषकहरूको उत्पादन प्रक्रियालाई थप प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे