गणतन्त्र दिवस : राप्ती गाउँपालिकाद्धारा सरसफाइ र फलफूलका बिरुवा रोपण



गणतन्त्र दिवस : राप्ती गाउँपालिकाद्धारा सरसफाइ र फलफूलका बिरुवा रोपण

भालुवाङ १४ जेठ । दाङको राप्ती गाउँपालिकाले १७ औं गणतन्त्र दिवसको अवसरमा बुधबार विविध कार्यक्रम सम्पन्न गरेको छ।

गणतन्त्र दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसरमा सरसफाइ, फलफूलका बिरुवा रोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले गणतन्त्र दिवसलाई राष्ट्रिय एकता, समानता र समृद्धिको आधारका रूपमा लिनुपर्ने बताए। उनले समाज र वातावरणप्रति उत्तरदायी हुने खालका कार्यक्रमहरूले गणतन्त्रको मर्मलाई अझ मजबुत बनाउने उल्लेख गरे। गाउँपालिकाले विगतका वर्षहरूदेखि नै गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रमहरू गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे