राप्ती-५ कालापानीमा पाैष्टिक आहार छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम



राप्ती-५ कालापानीमा पाैष्टिक आहार छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम

सिसहनियाँ ९ जेठ । नामसालिङ सामुदायिक विकास केन्द्रकाे आयाेजना तथा विकास काेष नर्वेको आर्थिक सहयाेगमा पाैष्टिक आहार छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम शुक्रबार राप्ती गाउँपालिका ५ कालापानीमा सम्पन्न भएकाेे छ ।

पिपलडाँडा सामुदायिक कृषक समुहका अध्यक्ष बेलमती चाैधरीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रमकाे सहजीकरण नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवले गरेका थिए ।  साे कार्यक्रममा प्रयाेगत्मक रूपमा पाेषणयुक्त खाद्यवस्तु व्यवस्थापन गरि पिपलडाँडा सामुदायिक कृषक समुहका सदस्यहरूलाई तीन किसिमका खानेकुराहरू पकाउन तथा तयार पार्न लगाइएकाे थियो । पाेषिलाे खानेकुराकाे तयारी पछि उक्त खानेकुरालाई शक्ति दिने खानेकुरा, शरिरकाे वृद्धि विकास खानेकुरा, शरिरलाई रक्षा गर्ने खानेकुरा गरि तीन किसिमको खानेकुरा बारेमा छलभएकाे थियोे ।

कार्यक्रममा पाेषण, स्वस्थ्य जीवनकाे लागि पाैष्टिक आहार महत्त्व, पाैष्टिक आहार छनाैट प्रक्रिया, पाैष्टिक खानेकुराकाे स्राेत, पाक विधि आदि जस्ता विषयमा छलफल भएकाे थियाे । नामसालिङ सामुदायिक विकास केन्द्रका कृषि प्राविधिक धनकुमारी चाैधरीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चाैधरी, स्वंमसेविका रामदुलारी चाैधरी, विनिता कवर मगर लगाएतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । पिपलडाँडा सामुदायिक कृषक समुहका २० जना सदस्य सहभागिता रहेकाे कार्यक्रमकाे सन्चालन अस्मिता चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे