राप्ती–७ मा सञ्चालित ३ दिने महिला नेतृत्व क्षमता विकास कार्यक्रम सम्पन्न



राप्ती–७ मा सञ्चालित ३ दिने महिला नेतृत्व क्षमता विकास कार्यक्रम सम्पन्न

सिसहनियाँ ९ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ मा सञ्चालित तीन दिने महिला नेतृत्व क्षमता विकास कार्यक्रम बड्का सिसहनियाँ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ ।

विभिन्न टोलका ३३ जना महिलाहरूको सहभागीता रहेको कार्यक्रममा नेतृत्व विकास, सामाजिक सक्रियता, स्वास्थ्य र उदघोषणकला सिकाइएको थियो । वडा सदस्य सावित्री चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्य उमा परियार, वडा सचिव शान्ता केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा प्रशिक्षक ओमप्रकाश गुप्ता र सहभागीहरू सीता पोख्रेल, सरिता शर्मा पौडेल, शिल्पा चौधरी, रिता चौधरी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजकर्ताहरूमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवनकुमारी जिसी, स्वास्थ्य शाखाकी अधिकृत भारती सन्यासी र पत्रकार ओमप्रकाश गुप्ता रहेका थिए । समापन कार्यक्रमको सञ्चालन सहभागी गीता भण्डारीले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे