पत्रकार महासंघ लुम्बिनीद्धारा बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु



पत्रकार महासंघ लुम्बिनीद्धारा बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु

बुटवल ८ जेठ । बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बिहीबा रदेखि बुटवलमा दुई दिने तालिम सञ्चालन भएको हो ।

तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ७० जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महसंघका केन्द्रीय सदस्य रामराज पोखरेलले प्रविधिको विकाससंगै पत्रकारले आफुलाई अपडेट गर्नुपर्ने बताए । प्रविधिको ज्ञान सबैलाई आवश्यक रहेको उल्लेख गर्दै उनले पत्रकारिताको पुरानो पुस्ताले पनि समयसंगै आफुलाई परिस्कृत गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईंले पत्रकारको क्षमता विकासका लागि महासंघले तालिम र फेलोशिपका कार्यक्रम ल्याएको बताए । उनले आफूहरूले एक करोड राशीको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति ९रासस० का पूर्व कार्यकारी अध्यक्ष तथा वरिष्ठ पत्रकार डा। बालकृष्ण चापागाईंले अहिलेको युग डिजिटल प्रविधिको युग भएको बताए । उनले समयक्रममा विकसित भएका सूचना प्रविधिलार्ई आत्मसात र प्रयोग गर्देै अबको पत्रकारिता बाटो तय गरिनु पर्नेमा जोड दिए । सन्चार परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहाले परिषदलाई सबैले बलियो बनाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, महासचिव पाण्डव शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नवलपरासी अध्यक्ष केशव पराजुली, संचारिका समूह रुपन्देही अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष मिना भट्टराई ढकाल लगायतले बोलेका थिए । तालिमको प्रशिक्षकमा सूचना प्रविधि विज्ञ उज्ज्वल आचार्य, सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे