आँसु के गरु बोलको गीत सार्वजनिक
भालुवाङ ८ जेठ । आँसु के गरु बोलको गीत बिहिवार सार्वजनिक भएको छ । विक्रम परियार, सुनिता बुढा क्षेत्री र पूजा परियारको स्वर तथा जेरी भण्डारीको निर्देशनमा रहेको सो गीत बजारमा आएको छ ।
आकाश क्षेत्रीको युटुव च्यानलबाट सो गीत सार्वजनिक भएको हो । माया प्रेममा धोका पाएको विषय वस्तुलाई समेटेर सो गीत तयार पारिएको हो । सो गीतमा प्रशना कार्की, आकाश क्षेत्री र सिर्जना थापाले अभियन गरेका छन् । भने शब्दमा सुरज गैरे विवस, संगीत अनिस दवाडी, मेकअप आर्टिस्ट बिमला तामाङ र छायाङ्कन नमराज उप्रेदी तथा सम्पादन सुजन कोइरालाले गरेका छन् ।
हेर्नुहोस् यो भिडियो
प्रतिक्रिया दिनुहोस्

