राप्ती चेम्बरको कानुनी सल्लाहकारमा अधिवक्ता बेल्वासे र प्रेस सल्लाहकारमा गुप्ता नियुक्त
भालुवाङ ८ जेठ । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन पछिको पहिलो बैठक बिहिवार सिसहनियाँमा सम्पन्न भएको छ ।
चेम्बरका अध्यक्ष बसन्त कुवर क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले पुन तेस्रो कार्यकालका लागि ओमप्रकाश गुप्तालाई प्रेस सल्लाहकार र अधिवक्ता हरि बेल्वासेलाई कानुनी सल्लाहकारमा नियुक्त गरेको छ । त्यस्तै सल्लाहकारमा संस्थापक अध्यक्ष कुमार अधिकारी, निर्वतमान अध्यक्ष नेमलाल शर्मा बेल्वासे, प्रदेश सदस्य शंकर गौतम, निर्वतमान प्रथम उपाध्यक्ष श्यामा रावत र जग्गादाता विष्णा पुन रावतलाई नियक्त गरेको छ ।
त्यस्तै बैठकले संस्थाको नियमित कार्यसञ्चालन सहज बनाउन ७ सदस्यीय सचिवालय समिति गठन गरेको छ । जस अनुसार अध्यक्ष बसन्त कुवर क्षेत्री, प्रथम उपाध्यक्ष विष्णु प्रसाद सुवेदी, दोस्रो उपाध्यक्ष लक्ष्मी पोख्रेल, महासचिव खेमराज अर्याल, सचिव गोविन्द बहादुर केसी, कोषाध्यक्ष अर्जुन कुमार क्षेत्री र सह–कोषाध्यक्ष बालानन्द आचार्य रहेका छन् । यस्तै बैठकले राधा पाण्डे र युवराज ज्ञवालीलाई सदस्यमा मनोनित गरेको छ । बैठकले संस्थाको विधान अनुसार नाममा केहि हेरफेर गरेकाले सम्पुर्ण प्रशासनीक कागजात परिवर्तन गर्ने, खाता नामसारी गर्ने र नियमित बैठक हेरक महिनाको १० गते आफ्नै कार्यालय सिसहनियाँमा बस्ने निर्णय समेत गरेको छ ।

