लमहीकाे देउखुरी पब्लिक स्कुलमा मानव अधिकार शिक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न
लमही ७ जेष्ठ । दाङ-देउखुरीकाे लमही-६ स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक बिद्यालयमा मानव अधिकार शिक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।स्कुलका प्रधानाध्यापक एवम् प्रबन्धक भूमाण्डप केसीकाे अध्यक्षता एवम् लमही नगरपालिका उप-प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल लमहीका सदस्यहरु निर्मला चौधरी र डा.रोजिना अधिकारी एवम् स्कुलका शिक्षक तथा कक्षा ८,९ र १० का विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण एम्नेस्टी इन्टरनेसनल लमहीका निर्देशक सिजन केसीले गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

