नेकपा बामपन्थीले मुख्यमन्त्री आचार्य मार्फत प्रधानमन्त्री ओलीलाई बुझायो १९ बुँदे माग सहितको ज्ञापनपत्र
भालुवाङ ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्रले कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका संविधान संशोधनको पनि माग गरेको छ। केन्द्रीय संयोजक राजकुमार कक्षपति, अध्यक्ष मुकुन्दराज रोका, महासचिव अर्जुन अधिकारी, नेतृ लक्ष्मी गिरी लगायतको प्रतिनिधिमण्डलले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री ओलीलाई सो ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले देशको राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधान माथि भइरहेको विविध खतराको विरुद्धमा आवाज उठाउँदै १९ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा हालको संवैधानिक र राजनीतिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय हित र जनताको अधिकार सुनिश्चित गर्न तत्कालीन कदम चाल्न सरकारलाई आग्रह गरिएको छ। पार्टीले विभिन्न जनपक्षीय मुद्दाहरूलाई समेट्दै नीति तथा कार्यनीति पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीका नेताहरूले राष्ट्रियता र संविधानको रक्षा गर्दै जनमुखी शासन प्रणाली निर्माणका लागि सशक्त पहल आवश्यक रहेको स्पष्ट पारेका छन्।


