देउखुरीको बिजाैरीमा सवारी दुर्घटनामा परि २ जना घाइते



देउखुरीको बिजाैरीमा सवारी दुर्घटनामा परि २ जना घाइते

भालुवाङ ५ जेठ । पुर्व-पश्चिम राजमार्ग अन्तरगत दाङ देउखुरीको राप्ती गाउँपालिका–८, बिजौरीमा सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् । सोमबार दिउँसो साढे ३ बजे भएको दुर्घटनामा परि दुई जना घाइते भएका हुन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०२–०५० प ५०६२ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा भे ८ प ९४५४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा स्कुटर रोकिएको ना ७ ख ६२६ नम्बरको बसको पछाडि ठोक्किएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक बाँके जिल्ला, बेजनाथ गाउँपालिका–३ का २० वर्षीय रमेश आचार्य गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेमा रिफर गरिएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जनाएको छ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार रुकुम पश्चिम, चौरजहारी नगरपालिका–१२ का २० वर्षीय दिनेश बिक सामान्य घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको जनाइएको छ।दुर्घटनामा संलग्न स्कुटर चालक सुर्खेत भेरीगंगा नगरपालिका–८ का २० वर्षीय डिल्ली बस्नेत र बस चालक दाङ दंङ्गीशरण गाउँपालिका–३ का ३७ वर्षीय प्रकाश बिकलाई नियन्त्रणमा लिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे