सिसहनियाँ उवासंघद्वारा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न



सिसहनियाँ उवासंघद्वारा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

देउखुरी ५ जेष्ठ । दाङ-देउखुरीकाे सिसहनियाँ उद्योग वाणिज्य संघले आज साेमबार एक कार्यक्रमकाे आयाेजना गरी राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षकलाई स्वागत गरेकाे छ । संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राप्ती गाउँपालिकामा भरखरै सरूवा भएर आएका भएका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक र ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीलाई टिका, माला र खाँदा ओढाएर स्वागत गरिएकाे थियाे । प्रमुख प्रशासकीय अधिकृत पाठक र प्रहरी निरीक्षक ऐरीलाई संघका अध्यक्ष अधिकारीले स्वागत गरेका थिए।

यस्तै ईलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी नायब निरीक्षकबाट प्रहरी बरिष्ठ नायब निरीक्षकमा बढुवा हुनु भएका रकमबहादुर खड्कालाई समेत फुलमाला र खाँदा ओढाएर बधाई ज्ञापन गरिएकाे छ । संघका अध्यक्ष अधिकारीले प्रहरी बरिष्ठ नायब निरीक्षक खड्कालाई टीका, माला र खाँदा ओढाएर सम्मान गरेका थिए। खड्का प्रहरी प्रधानकार्यालय नक्साल काठमाडौंकाे यही बैशाख १० गतेकाे परिपत्र अनुसार पदाेनति भएका थिए । यस्तै राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाठक हालै सरूमारानी गाउँपालिकाबाट सरूवा भएर आउनु भएकाे थियाे भने प्रहरी निरीक्षक ऐरी पनि प्रहरी प्रधानकार्यालय नक्साल काठमाडौंबाट सरूवा भएर इप्रका भालुवाङ आएका थिए ।

संघका बरिष्ठ उपाध्यक्ष मदन पाेख्रेलकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरी, सिसहनियाँ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष शान्तराज भण्डारी, संघ कै निर्वतमान अध्यक्ष पूर्णबहादुर बुढाथाेकी, प्रगतिनगर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, बिहान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेब चाैधरी, जीवनदृष्टि सुधार केन्द्र सिसहनियाँका अध्यक्ष प्रकाश गाैतम, राप्ती केरा प्रबद्धन केन्द्रका अध्यक्ष रणप्रसाद सुवेदी, मुक्तिनाथ विकास बैंक सिसहनियाँका शाखा प्रमुख दिपककुमार पाण्डे, राप्ती गाउँपालिका वडा नम्बर ५ का सदस्य गोविन्दबहादुर कुँवर र समाजसेवी दुर्गाप्रसाद अधिकारी लगायतका वक्ताले स्वागत तथा बधाई मन्तव्य राखेका कार्यक्रमको सञ्चालन संघका महासचिव प्रशान्त बसेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे