राप्ती गाउँपालिकाकाे सिरिचाैर मसुरियाबाट अबैध ३३ थान प्लाष्टिकका कुर्सी बरामद

भालुवाङ ३१ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङले दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ३ सिरिचाैर मसुरियाबाट अबैध प्लाष्टिकका कुर्सी बरामद गरेकाे छ ।
प्रहरी प्रमुख पुष्कर सिंह ऐरीकाे कमाण्डमा खटिएको प्रहरी टोलीले बुधवार साढे २ बजेकाे समयमा प्लाष्टिकका ३३ थान कुर्सी बरामद गरेकाे हाे । धनकला सुनारको घर भाडामा लिएर कुनै पनि फर्म दर्ता नगरी प्लाष्टिकका कुर्सीहरु बिक्री बितरण गरिरहेकाे भन्ने सुचनाको आधारमा प्रहरीले साे घरमा रितपूर्वक खानतलासी गर्दा ती कुर्सी बरामद गरेकाे हाे । प्रारम्भिक अनुमान अनुसार करिब १ हजार कुर्सीको अबैध बिक्री वितरण भइसकेको देखिएको प्रहरी प्रमुख ऐरीले जानकारी दिए ।
भारत देश उत्तर प्रदेश सितापुर जिल्ला मुसियाना सोनारे गाउँ बस्ने बर्ष २५ को बुनियाद र साेही ठाउँका बर्ष ३२ को इस्तियाकलाई समेत नियन्त्रणमा लिई बरामद गरिएका सामानहरु सहित आवश्यक कारवाहीको लागि प्रहरी कर्मचारीको जिम्मा लगाई आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङ पठाईएको छ ।