सामुदायिक वनलाई उद्यम र रोजगारी संग जोडन सके मात्र मुलुक समृद्ध हुन्छ : पूर्व अध्यक्ष पाठक



सामुदायिक वनलाई उद्यम र रोजगारी संग जोडन सके मात्र मुलुक समृद्ध हुन्छ : पूर्व अध्यक्ष पाठक

दाङ ३१ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा बागमति प्रदेशसभा सदस्य भारती पाठकले सरकारले सकल्प नगरेको सुखी नेपाली, समृद्ध नेपालको नारालाई पूरा गर्न वनलाई उद्यम र रोजगारी संग जोडिनु पर्ने बताइत् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङको आज बुधबार दाङको घोराहीमा भएको पाँचौँ जिल्ला परिषद्लाई सम्बोधन गर्दै उहाँले यस्तो बताइन् ।

उनले मुलुकलाई समृद्धि बनाउने हो भने कर मात्र लिएर नहुने बताउँदै वन समूहलाई उद्यम, रोजगारी र पर्यापर्यटन संग जोडेर विकास गर्नुपर्ने बताइन् । उनले तीनै तहका सरकार बनाउने नीति तथा कार्यक्रम एवम् बजेटमा सामुदायिक वन समूहको सहकार्यमा उद्यमशिलता र रोजगारी सिर्जना गर्न सके मात्र मुलुक समृद्ध बन्नेमा कसैले रोकेर नरोकिने ठोकुवा गरिन् ।

कार्यक्रमको प्रमुख अतिथीको आसनबाट बोल्दै पूर्व केन्द्रीय अध्यक्ष पाठकले वन समूहलाई तीन तहका सरकारले कर मात्र लाद्न पाउने अधिकार नरहेको जिकिर गरिन् । उनले २०६२/०६३ को आन्दोलनमा वन महासंघले संस्थागत निर्णय गरेर राजनितिक दललाई सहयोग गरे कै कारण मुलुकमा लोकतन्त्र आएको चर्चा गर्दै संविधानमा लेखिएको जल, जंगल र जमिनको अग्र अधिकार स्थानीय उपभोक्ताको हुने लेखिएको हुँदा तीनै तहका सरकारले उक्त व्यवस्था कडाईका साथ कार्यन्वयन गरिनुपर्ने जोड दिइन् ।

पूर्व केन्द्रीय अध्यक्ष पाठकले सरकार वन समूहको कार्ययोजना बिषयमा सरकारले अनिर्णयको बनाउन नहुने बताइन् । उनले कार्ययोजना वन समूहको संविधान भएको चर्चा गर्दै वन समूहले बनाउने कार्ययोजना सहज, सरल बनाउन तर्फ तीन तहका सरकार लाग्न आग्रह गरिन् । उहाँले सरकारले नीति तथा कार्यक्रम मार्फत वन समूहको कार्ययोजनाको बिषयलाई सम्बोधन गर्न लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरिन् ।

जिल्ला महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षता तथा वन महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा बागमति प्रदेशसभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा भएको जिल्ला परिषद्लाई सम्बोधन गर्दै वन महासंघका पूर्वका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले मुलुकमा गणतन्त्र ल्याउन २०६२/०६३ को आन्दोलनमा ठुलो भूमिका निर्वाह गरेको स्मरण गराउँदै उहाँले फेरि पनि सरकारले वन समूहलाई यो वा त्यो बहाना कुण्ठिड गर्न खोजे त्यसको परिणाम ठिक नहुने चेतावनी दिए । उनले सरकारले बाटो बिराए वन महासंघले नागरिक आन्दोलन मार्फत खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार हाम्रो हो, सरकारले बाटो बिराए तह लगाउने हिम्मत वन महासंघले राख्न सक्नुपर्ने बताए ।

यस्तै परिषद् भेलालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीले वन महासंघ र प्रदेश सरकार बीचको बार्ता सकरात्मक रूपमा अगाडि बढेको बताइन् । उनले प्रदेश सरकारले वन समूहलाई लगाएको कर खारेजी बिरूद्धको आन्दोलनमा दाङ महासंघको ठुलो भूमिका निर्वाह गरेको चर्चा गर्दै त्यही आन्दोलनबाट सरकार कर हटाउने बिषयमा लचकता देखाएको बताइन् । प्रदेश अध्यक्ष भण्डारीले सरकारले वन समूहमा लगाएको कर पूर्ण रूपमा खारेज नभए फेरि आन्दोलनमा जान सक्ने समेत चेतावनी दिइन् । उनले वन महासंघले राखेका मागमा सरकार सम्बोधन गर्न तयार भएको आश्वसन समेत नभएकोले सबै वनकर्मीहरू आसाबादी बन्न आग्रह गरिन् ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले कर लगाएर मात्र मुलक नचल्ने बताउनुभयो । उहाँलाई वन क्षेत्र लगायत अन्य पेसा, व्यवसायमा सरकार आफू खुसी कर लाद्ने कामको बिरोध गर्दै करको बिकल्प खोज्न आग्रह गरे । केन्द्रीय सचिव चौधरीले वनलाई उद्यमशिलता, रोजगार र उत्पादन संग जोड्नुपर्ने बताए ।

महासंघ दाङ जिल्ला उपाध्यक्ष चन्द्रबहादुर वलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा महासंघका जिल्ला सचिव राधा बिष्टले महासंघको बार्षिक प्रतिवेदन र महासंघका कोषाध्यक्ष खिमाकुमारी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला परिषद्लाई डिभिजन वन कार्यालय घोराहीका बरिष्ठ वन अधिकृत टेकन आचार्य, डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत हरि पौडेल, जिल्ला सहकारी संघ दाङका बरिष्ठ उपाध्यक्ष माधव खनाल, दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, स्थानीय वन महासंघ तुलसीपुर नगर अध्यक्ष खेमलाल महतारा, स्थानीय वन महासंघ घोराही नगर अध्यक्ष शोभाराम चौधरी, स्थानीय सामुदायिक वन महासंघ गढवाका अध्यक्ष नबराज शर्मा र जनभावना सावउस घोराहीका अध्यक्ष खोपेन्द्रराज शर्मा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वन महासंघ दाङमा रहेर काम गरिसकेका अग्रज १४ जना वनकर्मी सम्मानित

सो अवसरमा बिगतमा वन महासंघ दाङको विभिन्न पदमा रहेर कार्य गरिसकेका र हाल वन महासंघको प्रदेश तथा केन्द्रीय नेतृत्वमा पुगेका तथा जनप्रतिनिधि समेत भएका १४ जना विभिन्न अग्रज वनकर्मीलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा वन महासंघका पूर्व केन्द्रीय अध्यक्ष घनश्याम पाण्डे, पूर्व केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्का, वन महासंघ लुम्बिनी प्रदेश महासचिव शोभाकर सापकोटा, वन महासंघ दाङका संस्थापक अध्यक्ष चिन्ताबहादुर गिरी, वन महासंघ दाङका निर्वतमान अध्यक्ष भुपेन्द्र सुवेदी रहेका छन् ।

त्यस्तै सम्मानित हुनेहरूमा महासंघका पूर्व जिल्ला उपाध्यक्ष तथा हाल घोराही उपमहानगर पालिकाका उपमेयर हुमा डिसी, महासंघका पूर्व जिल्ला महासचिव तथा लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगी, महासंघका पूर्व केन्द्रीय सदस्य तथा हाल घोराही उप–महानगरपालिका–११ नम्बर वडा अध्यक्ष कुलबहादुर लामिछाने, वन महासंघ लुम्बिनीका पूर्व महासचिव तथा हाल बंबई गाउँपालिका–७, नम्बर वडा अध्यक्ष तिलकराम भण्डारी, महासंघका पूर्व केन्द्रीय सदस्य हाल राजपुर गाउँपालिका गाउँ कार्यपालिका सदस्य रिता विक, महासंघका पूर्व जिल्ला सदस्य तथा हाल घोराही उप–महानगरपालिका–१५ नम्बरका वडा सदस्य कृष्णा राना, पूर्व जिल्ला सदस्य तथा हाल राप्ती गाउँपालिका–३, नम्बर वडा सदस्य चम्फा भुसाल, पूर्व जिल्ला सदस्य यज्ञबहादुर डाँगी र साविक तुलसीपुर रेन्जपोष्ट महासंघका अध्यक्ष ऋषिराज न्यौपाने सम्मानित भएका छन् ।

उनीहरूलाई कार्यक्रमका पमुख अतिथी वन महासंघका पूर्व केन्द्रीय अध्यक्ष पाठकले सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै जिल्ला परिषद् सफल बनाउन आर्थिक रूपमा सहयोग गर्ने करिब ६० बढी वन समूहलाई सम्मान समेत गरिएको थियो । जिल्ला भरिबाट आए हजारौको संख्यामा रहेका वन समूहका उपभोक्ता तथा वनकर्मीहरुको एक र्‍यालीले घोराही बजार समेत परिक्रमा गरेको थियो । कार्यक्रमको सञ्चालन महासंघका सह–सचिव भुपबहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे