भालुवाङबाट लागुऔषध ब्राउन सुगर सहित एक महिला पक्राउ



भालुवाङबाट लागुऔषध ब्राउन सुगर सहित एक महिला पक्राउ

भालुवाङ २४ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङले लागुऔषध ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ ।

मंगलवार बेलुका करिव ५ः५० बजेको समयमा दाङको राप्ती गाउँपालिका–१, भालुवाङ पुलचोक नजिकैबाट प्रहरीले ती महिलालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–२, बराखुट्टी निवासी २० वर्षीया सरिता सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको टोलीले गाडी चेकजाँच क्रममा गाडीमा सवार ती महिलालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

सार्कीको रीतपूर्वक खानतलासी गर्दा उनले भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकी महिलालाई बुधवार जिल्ला अदालत दाङबाट म्याद थप गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे