आजको युगमा सामन्ती व्यवस्था चल्दैन : खत्री



आजको युगमा सामन्ती व्यवस्था चल्दैन : खत्री

भालुवाङ २३ वैशाख । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले आजको युगमा सामन्ती व्यवस्था नचल्ने बताएका छन् ।

उनले भने, आजको युग लोकतन्त्र र नागरिक सर्बोच्चताको युग हो, त्यसैले कसैको परिवार र सन्तान भएको कारण नागरिकको नेतृत्व गर्न नसक्ने बताए । “गणतन्त्रको रक्षा गरौ, प्रतिगामी खतराका विरुद्धमा संघर्ष गरौ” भन्ने नाराका साथा राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटि दाङ देउखुरीले मंगलवार भालुवाङमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । त्यसैगरी नेकपा (मसाल) दाङ जिल्ला प्रबक्ता भरत भण्डारीले राजतन्त्रको बाँकी रहेको धिपधिप चैत्र १५ गते तीनकुने बाट निभेको कुरा बताए । उनले भने पुराना पञ्चहरुले पुरानो स्वर्गफिर्ता गर्ने सपना चैत्र १५ ले समाप्त गरिसक्यो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले गणतन्त्र स्थापनापछि सरकारको नेतृत्व गर्ने दलहरुको भ्रष्ट र गैरजिम्मेवार प्रवृत्तीका कारण गणतन्त्र विरोधी विचार माथि उठेको कुरा बताए ।

राप्ती गाउँपालिका कमिटि अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दलबहादुर घर्ती मगरले गरेका थिऐ भने स्वागत मन्तव्य कोषाध्यक्ष गिरबहादुर पौडेलले राखेका थिए । सो कार्यक्रममा अखिल नेपाल किसान महासंघ पुर्ब केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रिय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रिय सदस्य केशबराज खनाल, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष महेश रिजाल, जिल्ला सदस्य चम्फा भुसाल, हुमा मास्के, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य चन्द्रप्रकाश आचार्य, अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य बिष्णु आचार्य, जिल्ला उपाध्यक्ष माधव आचार्य, अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष कमला बेल्बासे, राप्ती उद्योग वाणिज्य संघका सदस्य तथा राप्ती इलोक्ट्रोनिक तथा मोबाइल व्यवसायी संघका अध्यक्ष हरि खडका, भालुवाङ होटल व्यवसायी संघका उपाध्यक्ष पुनाराम भुसालको आतिथ्यता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे