प्युठानमा श्रीमती हराएपछि श्रीमानलाई माइतीको दवाव : कि लास कि सास चाहियो ?



प्युठानमा श्रीमती हराएपछि श्रीमानलाई माइतीको दवाव : कि लास कि सास चाहियो ?

भालुवाङ २३ वैशाख । प्युठानको झिमरूक गाउँपालिका वडा नम्बर ८ टिम्मुरचौर बस्ने शिव सार्की यति बेला तनाव र दवावमा छन् ।

गत वैशाख १४ गते घरबाटै २१ वर्षिय श्रीमती पुष्पा सुनार सार्की हराएपछि शिव यति बेला निकै तनाव र माइतीको दवावमा परेका छन् ।
माइती पक्षले ज्वाईलाई कि लास कि सास चाहियो भनिरहेका छन् । यो दवावले शिवलाई अझ तनाव थपिएको छ । श्रीमतीलाई असाध्यै माया गर्ने शिव श्रीमती हराएको पिडामा भएका बेला माइतीले सहयोग गर्नको साटो पिडामा थप पिडा थप्दा शिव यति बेला पागल जस्तै हुन थालेका छन् । श्रीमति हराएको दिन शिव काममा गएका थिए । घरमा भएकाले पनि थाहा पाएनन् । श्रीमति हराएपछि उनको खोजीमा शिव दिनरात छटपटाई रहेका छन् ।

श्रीमति भेटिन्छिन् कि भनेर शिव करिव ६ दिन ससुराली पनि बसे तर आउने आश नदेखिएपछि अहिले उनी गाउँ तथा बजार बजारमा श्रीमति खोज्न थालेका छन् । उनले अव त मिडियाको पनि साहारा लिएका छन् । विवाह गरेको भर्खर २ वर्ष मात्र भएको छ । मैले श्रीमतिलाई र श्रीमतिले मलाई आसाध्य माया गर्थिन तर हाम्रो जोडी कसरी विछोडिन पुग्यो मलाई नै थाहा छैन् शिवले भने, मेरो मोबाइन पनि उनी सँग छ तर फोन लाग्दैन्, मत पागल जस्तै भइसके उनले भने, भालुवाङ आएका शिवले श्रीमति खोजी कार्यका लागि सवैमा आग्रह पनि गरेका छन् । उनले गहुँगोरो वर्ण भएको र कपाल नबाटेर काटा लगाएको श्रीमति भेटाउनेलाई नगद पुरस्कार दिने समेत बताएका छन् । उनले श्रीमति भेटाएमा नजिकैको प्रहरी कार्यालय वा मो. ९८४७९६८३२९ मा सम्पर्क गरि सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे